आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे : कुन रङ्को गुलाब के को प्रतिक ?

फागुन २ आज प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे हरेक वर्षको १४ फेबुरअरीका दिन यो दिवस मनाइने गरिन्छ । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । प्रेम प्रस्तावका लागि विश्वास राख्नेहरुका लागि उपयुक्त दिनको रुपमा पनि यो दिवस लाई लिने गरिएको छ ।

रोमबाट तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहास सम्झनुपर्दा एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङघन गरेको थियो । एक जना सर्वसाधारणले आ रु नो आदेशको उल्लङघन गरेको कारण सम्राट्लाई सहृय भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेबुरअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो ।

त्यसै समयदेखि महान् प्रेमी भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फ्रेब्रुअरी १४ का दिन विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने यस भ्यालेन्टाइन डे अहिले आएर विश्वव्यापी मान्यता पाएको यस दिवसले नेपाली युवामा समेत जरो गाडिसकेको छ । देश र संस्कृतिको सीमा नाघ्दै नेपाली युवा माझ लोकप्रियता पाएको छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा यस दिनलाई लिइन्छ ।

पाल्पाको रानीमहल, काठमाडौँको रानीपोखरी पनि प्रेमको प्रतीकका रूपमा लिइन्छ । फागुपूणिर्मालाई प्रेम, सद्भाव बाँड्ने पर्वको रूपमा लिइन्छ तर यी सबैलाई यस दिवसले ओझेल पारेको भान भएको छ ।

भ्यालेन्टाइन डे मनाउनुमा अप्ठेरो छैन तर हाम्रो संस्कृतिको संरक्षणमा समेत ख्याल राख्नुपर्ने सबैको धारण रहिआएको छ । भ्यालेन्टाइन डे मा प्रेमप्रेमिकाबीच सबैभन्दा धेरै रातो रङको गुलाफको फूल आदानप्रदान हुन्छ । यो दिन विश्वभरि करोडौँ डलरको गुलाफको फूलको व्यापार हुने गर्दछ । कुन रङको गुलाफको फूलको प्रतीक के हो यसबारेमा केही जानकारी पनि रोचक रहेको छ ।

रातो गुलाफस् शान्ति, प्रेम र क्षमताको प्रतीक

रातो गुलाफ प्रेम र मनोभावनाको प्रतीक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो ।

गुलाफी गुलाफ–मित्रता र मुटुको धड्कनको प्रतीक

यो रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो ।

पहेँलो गुलाफ– मित्रताको प्रतीक

पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ । फ्रेण्डसीप डे अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ ।

सेतो गुलाफ –साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक

सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ ।

कालो गुलाफ–बिदाइको प्रतीक

कालो गुलाफ बिदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आ रु नो कार्य पूरा हुन्छ ।

प्रेम व्यक्त गर्न फूलहरू मात्र नभएर अन्य प्रतीकहरू पनि प्रचलित छन् । यस्ता प्रतीकहरूमध्ये एउटा वाणले हृदय चिरेर गएको प्रतीक सबैभन्दा प्रचलित छ । प्रेमीप्रेमिकाहरूका लागि हृदयभन्दा राम्रो प्रतीक अरू हुन सक्दैन । कसैलाई यो उपहार दिनुको अर्थ तपाईंले उसलाई सर्वस्व सुम्पन चाहनुहुन्छ भन्ने हो । यो सङकेतले तपाईंको हृदय उसको प्रेमको वाणले घाइते भएको छ भन्ने देखाउँछ । प्रेम पक्षी (लडवर्ड) पनि प्रेमको प्रतीक हो । प्रेमप्रेमिकाको साथ विना यो बस्न सक्दैन भन्ने धारणा छ ।

ख्रिष्टियन धर्मका अनुसार प्रेम पक्षी निर्मलता र प्रेमको प्रतीक हो । त्यसैले भ्यालेन्टाइन डे को दिन यसको प्रशस्त प्रयोग गरिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।