धनकुटामा तामाङ र शेर्पाले संयुक्त रुपमा मनाए ल्होसार, यस्तो देखियो रौनक – फोटो फिचर सहित

धनकुटा खबर । सोनाम र ग्याल्वो ल्होसारको अबसरमा धनकुटाका तामाङ र शेर्पा समुदायले डम्फु सेलो र स्याव्रु नाच प्रतियोगिता आयोजना गरेर संयुक्त रुपमा मनाएका छन् ।

नेपाल तामाङ घेदुङ र नेपाल शेर्पा संघ जिल्ला कार्य समिति, धनकुटाले शुक्रबार यस वर्षको २८५४ सोनाम ल्होछार र २१४५ ग्याल्वो ल्होछार संयुक्त रुपमा मनाएका हुन । उनीहरुले धर्मकर्म एउटै मान्ने, वेद एउटै पढ्ने र वौद्ध लामा गुरुहरु पनि एउटै प्रयोग गर्ने तर ल्होछार नयाँ वर्ष भने अलग अलग तिथिमा मान्न नहुने नयाँ धारणा सार्वजानिक गरेका छन् । उनीहरुले आगामी वर्ष पनि सोनाम ल्होछार र ग्याल्वो ल्होछार संयुक्त रुपमा मान्ने पनि घोषणा गरेका छन् ।

नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य लालचन्द्र गोङ्गवा तामाङको प्रमुख आतिथ्यमा सम्पन्न ड्रम्फु सेलो तथा स्याब्रु नाच प्रतियोगितामा शेर्पा समुदायको ५ वटा स्याब्रु नाच र तामा समुदायको ६ वटा डम्फु नाचको समुहले भाग लिएको थिए । आयेजकको तर्फवाट प्रतियोगितामा भाग लिने सवै समुहलाई सान्तवन्न पुरस्कार स्वरुप जनही हरेक समुहलाई ५ सय रुपयाँ र प्रशंसा पत्र प्रदान गरिएको थियो । सो अवसरमा स्याब्रु नाचमा राम्रो नृत्य देखाउने शेर्पा संघका कलाकार निमा शेर्पा र लक्की शेर्पालाई नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई उत्कृष्ठ प्रदर्शन भन्दै जनही ५ सय का दरले पुरस्कृत गरेका थिए ।

सो अवसरमा श्रृजनशिल साँस्कृतिक समुह, प्रतिभा डान्स सेन्टर हिले, उत्तरपानी डम्फुरे समुह, दिपज्योति डन्वस्को साँस्कृतिक समुह, धनकुटा१ हिलेक रेशु थिङ र प्रजलिका तामाङको समुह, धनकुटा–६ को ताम्वा म्हेमे जिन्लाव दोर्जे लामा, धनपा–१ हिलेका निरमाया तितुङ, हिलेकै दातेम्वा शेर्पाको स्याब्रु नाचको समुह, निमा शेर्पाको समुह, निम्दिकी शेर्पाको समुह, लक्की शेर्पा र निमा शेर्पाको समुहले प्रतियोगितामा भाग लिएका थिए ।

साँस्कृतिक कार्यक्रम हेर्न जिल्लाको सिधुवा, नाम्जाङ, सान्ने, पाख्रीवास, चुङवाङ, उत्तरपानी, धनकुटा वजार, भिरगाउँ लगायतवाट ल्होछार प्रेमीहरु हजारौंको संख्यामा सहभागी भएका थिए । प्रतियोगिता आयोजना हुनु पुर्व हिले वजारमा मौलिक साँस्कृतिक ¥याली आयोजना गरिएको थियो । ¥यालीमा हजारौंको संख्यामा सथानिय हिलेवासीको पनि सहभागिता रहेको थियो । सो अवसरमा हिलेमा रहेका एकल जातिय संस्थाहरुको तर्फवाट आ–आफ्नो मौलिक झाँकी सेमत प्रश्तुत् गरिएको थियो ।

नेपाल तामाङ जिल्ला कार्य समिति, धनकुटाका अध्यक्ष सिताराम थिङ तामाङको अध्यक्षतमा सम्पन्न शुभकामना आदन प्रदान एवं डम्फु सेलो तथा स्याव्रुनाच प्रतियोगितामा आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, घेदुङका प्रदेश सचिव निरेन तामाङ, शेर्पा संघका केन्द्रिय सदस्य आङ्गदावा शेर्पा, नगर र गाउँपालिका घेदुङको तर्फवाट पाख्रिवास घेदुङका अध्यक्ष जयन्द्र घिसिङ तामाङ, एकल जातिय संस्थाहरुको तर्फवाट नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका निवर्तमान अध्यक्ष इन्द्र सारु मगरले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य जिल्ला घेदुङ धनकुटाका सचिव सन्त्वीर लामाले राखेका थिए भने कार्यक्रम संचालन संचारकर्मी मानवी मोक्तान तामाङ र शेर्पा संघका जिल्ला उपाध्यक्ष दालमु शेर्पाले गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖