नायिका ऋचा बनिन भूत !, हेर्नुहोस् भिडियोमा नायिका ऋचा शर्माको हरर रुप
नायिका ऋचा शर्माले निर्माण गरेको दोस्रो चलचित्र ‘सुनकेसरी’ को टिजर सार्वजनिक भएको छ ।
ऋचाले नै मुख्य भूमिका निर्वाह गरेको ‘सुनकेसरी’को टिजरलाई हलिउड स्टाइलक बनाउने प्रयास गरिएको छ । यसमा ऋचा भूतको भूमिकामा देखिएकी छन्। चलचित्रमा देखिएको ऋचाको रुपले सबैलाई चकित बनाउँछ।
अपर्ण थापाछनरा निर्देशित यो चलचित्रमा ऋचाका अलवा भीम न्यौपाने, रवीन्द्र झा आदिको अभिनय रहेको छ । यो चलचित्रको अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको छ। ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।
सुनकेसरी’मा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भूतप्रेतबीचको गतिविविलाई मुख्य कथा बनाइएको हो । फिल्म जेठ ११ जतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।


