उद्यम गर्न चाहने एकल महिलालाई धनकुटा नगरपालिकाले आर्थिक सहयोग गर्ने

धनकुटा खबर । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले साना तथा लघु उद्यम गर्न चाहने एकल महिलाहरुलाई अनुदान सहयोग गर्ने बचन दिएका छन् ।

मानव अधिकारका लागि महिला एकल महिला धनकुटाद्वा सन्चालित धुप बनाउने तालिमको समापनमा बोल्दै तामाङ्गले यस्तो बचन दिनुभएको हो ।

‘सिकेको सिपको सदुपयो गर्नुहोस्, उद्योग सन्चालनको लागि आर्थिक सहयोग गर्न नगरपालिका तयार छ’–तामाङ्गले भने ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईले यस सिपले लघु उद्याम सन्चालन गरेर एकल महिलाहरुको जीवन धान्न सफल भए भन्ने समचार लेख्ने अबसर मिलोस भन्ने सुभेक्षा प्रकट गरे ।

३ दिने उक्त तालिममा नगरका १० वडाका २० जना एकल महिलाहरुको सहभागिता रहेको संस्थाकी अध्यक्ष मिना राईले जानकारीदिए ।

धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा सन्चालन भएको उक्त तालिममा प्रशिक्षक मनु बिक र ईन्दु दर्नालले प्रशिक्षण दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖