४ बर्षमा धनकुटा-हिले रिङ्गरोड बन्ने

धनकुटा खबर । धनकुटा बजार देखि भीरगाउँ हुंदै हिले बजार सम्मको १८ किलोमिटर रिङ्गरोड बन्ने भएको छ ।

धनकुटा नगरपालिकाको वडा नं. ५ बिहिबारे हुंदै वडा नं.४ को छारागाउँ देखि वडा नं.२ भीरगाउँको धार्मिक स्थल भधुगंगा देखि वडा नं. १ हिले सम्का बिभिन्न सडक खण्डमा अहिले काम भईरहेको छ ।

क्रमागत योजना अन्तर्गत ४ बर्ष भित्रमा आयोजना सम्पन्न गर्न गत बर्ष ५० लाख बिनियोजन गरेको धनकुटा नगरपालिकाले एक करोड बिनियोजन गरेको छ ।

यस चालु आव ०७४÷०७५ मा हिले देखि भिगाउँ सम्मको साढे ९ किमि र धनकुटा बजार देखि भीरगाउँ सम्मको ९ किमि बाटोको लागि ५०÷५० लाख बिनियोजन भएको धनपा २ का वडा अध्यक्ष चन्द्रलाल तामाङ्गले बताए ।

६ मिटर चौडा भएको उक्त बाटो ४ बर्ष भित्रमा सबै ढलाई भएपछि उक्त क्षेत्रका कृषि उपजहरु बजार ल्याउन सहज हुने तामाङ्गले बताए ।

आयोजनाबाट एक हजार तीन सय भन्दा बढी घरधुरी लाभाम्बित हुने तामाङ्गले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।