होलीमा ‘डिजे वीथ रैन डान्स’का साथ फ्रि वाईन, जनप्रतिनीधिहरु पनि सहभागी हुने

धनकुटा खबर । होलीको अबसरमा स्टेप धनकुटाले स्थानिय यूवा समुहहरुको लाईभ कन्सटका साथ स्थानिय जनप्रतिनीधिहरुसंग होली मनाउने भएको छ ।

संस्थाले पत्रकार सम्मेलन गरेर संस्थाले प्रदेश र केन्द्रका प्रतिनीधि,नगर प्रपतनीधि र जिल्ला स्थित कार्यालय प्रमुखहरुको साथमा होली खेलिने जानकारी दिएको छ ।

‘रंगहरुको पर्व होली,रिसराग बैमन्यता छोडी,संस्कृति मनाऔ दिलखोली’ भन्ने नाराका साथ धनपा ६ स्थित भीमसेन मन्दिर प्राङ्गणमा कार्यक्रम हुने संस्थाका अध्यक्ष रजत पोखरेलले जानकारी दिए ।

बिहान १० बजे देखि हुने उक्त कार्यक्रममा पानीको फोहोरा संगै डिजे संगित र नगरका ४ वटा यूवा समुहले साँगितिक प्रस्तुती दिने पोखरेलले जानकारी दिए ।

कार्यक्रममा स्थानिय जनताहरुले आफ्ना जनप्रतिनीधिहरु संग रंग लगाएर सद्भाव र मायाँ साटासाट गर्न पाउने उनले बताए ।

टुबोर्ग, हिन्वा वाई मुख्य प्रायेजन र स्थानिय ब्यसायीहरुको सहयोगमा सम्पन्न हुन लागेको उक्त होली कार्यक्रममा ईच्छुक महिलाहरुलाई फ्रि वाईनको अफर रहेको कार्यक्रम संयोजक बिमर्शमान आमत्यले जानकारी दिए ।

होलीको अबसर पारेर २०७३ बाट संस्थाले बिभिन्न सामाजिक कार्यक्रम र होलीको अबसरमा कार्यक्रम गर्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।