प्रधानन्यायाधीश पराजुलीबिरुद्ध महाअभियोग ल्याउने प्रचण्डको घोषणा !, भने,- भ्रष्टहरु अब जेल बस्न तयार भए हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई महाअभियोग लगाउने संकेत गरेका छन् ।

शुक्रवार नवलपरासीको बर्दघाट पुगेका दाहालले गरिव र निमुखालाई न्याय नदिने, पैसावाललाई मात्र न्याय दिनेलाई महाअभियोग लगाएर ठिक पार्ने चेतावनी दिएका छन् ।

सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले न्यायलयदेखि प्रहरीसम्मका भ्रष्टाचारीलाई नछोड्ने बताए । ‘न्यायालयमा बेइमानी गरेर गरिबलाई न्याय नदिने, जाली फटाहाहरुलाई पैसा लिएर न्याय दिनेहरुलाई महाअभियोग लगाएर ठिक गर्ने समय आयो’ दाहालले भने ‘कर्मचारी तन्त्रमा बसेर अर्बौं सम्पति कमाएर महल ठड्याउनेहरुलाई जेल जानबाट अब कसैले रोक्न सक्दैन,।

सुरक्षा संयन्त्रमा बसेर सुरक्षाको काम गर्न छोडेर तस्करसँग मिलेर खानेहरु अब जेल बस्न तयार भए हुन्छ ।’ एस काठमाडौंमा खबर छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र आफुले भ्रष्टाचारीलाई तह लगाउने कठोर निर्णयमा पुगेको पनि दाहालले बताए । ‘जवसम्म भ्रष्टाचारीलाई जेल हालिदैन, तवसम्म विकास र न्याय सम्भव छैन’ उनले भने ‘विकास र न्यायका लागि पनि अब हामी कठोर बन्न बाध्यछौ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।