बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, यसमा विवाद नगरौँ : प्रधानमन्त्री ओली

गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरे

काठमाडौँ, १९ फागुन । शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् ।

बुद्धवचन ‘धम्मपद’ एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन गरी उक्त प्रमाण पेश गरिएको हो ।

यसअघि त्यसरी त्यही संख्यामा धम्मपद सामूहिक रुपमा वाचन नभएको सन्दर्भमा ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा उक्त प्रयास अभिलेखीकरण गरेर कीर्तिमान बन्ने पक्का भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत मन्त्रीहरु, कलाकार, विद्यार्थीसहित विभिन्न पेशा व्यवसायमा रहेका नेपालीले आज टुँडिखेलमा बसेर सामूहिक वाचन गरेका हुन् ।

विश्व कीर्तिमान परिषद् नेपालको अगुवाइमा गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “शाक्यमुनि बुद्धप्रति आदर सम्मानसहित सबैको तर्फबाट नमन गर्दछु, बुद्ध भूमिबाट शान्तिको कामना गर्दछु ।”

केही स्थानमा बुद्धका विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै उहाँले नेपालमा बुद्ध जन्मेको होइन भन्ने भ्रममा पर्नु पर्दैन भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, यसमा विवाद नगरौँ ।”

विश्वमा शान्ति स्थापना गर्न आग्रह गर्दै उहाँले सिरियामा भइरहेको हत्या हिंसाको विरोध गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “दुनियाँका सरकार तथा नेतालाई शान्तिपूर्ण तवरबाट अघि बढ्न आग्रह गर्दछु, हिंसा नगरौँ, शान्ति र मित्रताले अगाडि बढौँ ।” उहाँले आन्दोलनरत विप्लव समूहलाई पनि वार्तामार्फत आफ्ना माग पूरा गर्न आह्वान गर्नुभयो ।

आयोजकका तर्फबाट प्रतिष्ठा अमात्यले बुद्धको वचन वाचनका लागिमात्र नभई पालना गर्नका लागि भएको बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।