‘धनकुटेली जनताले रुँदारुँदै हास्ने अबसर पाए’ : ‘निजी क्षेत्रलाई सुरक्षित लगानीको सुनिश्चित गरिने’

धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला शुरु

धनकुटा, २० फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योग व्यवसाय सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै प्रदेशको विकास पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

आइतबार धनकुटा सदरमुकाममा आयोजित चौथो प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनीको उद्घाटन गर्दै मुख्यमन्त्री राईले मुलुकमा राजनीतिक संक्रमणकाल सकिएसँगै निजी क्षेत्रलाई सुरक्षित लगानीको सुनिश्चित गरिने बताउनुभयो ।

प्रदेशसभामा व्यवसायमैत्री कानुन निर्माण गरी पूर्वक्षेत्रको प्रचुर सम्भावना रहेको कृषि, पर्यटन, उद्योग, ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई सुरक्षित लगानी गर्ने वातावरण तयार गरिने बताउनुभयो ।

उद्योग वाणिज्य संघ, धनकुटाले चौथो पटक धनकुटामा आयोजना गरेको ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत प्रदेश नं। १ को आर्थिक विकासको आधार’ भन्ने नाराका साथ नेपाल एकीकृत व्यापार रणनीति ९एनटिआइएस० मा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु प्रर्दशनीमा राखिएका छन् ।

महोत्सवमा धनकुटाको विकासमा योगदान पु¥याउने व्यवसायी कुलबहादुर प्रधानलाई मरणोपरान्त सम्मान र कृष्णराज शाक्य, हास्य कलाकार सुदिप चापागाँई, साहित्यकार एलपी जोशी र राससका सञ्चारकर्मी खगेन्द्रप्रसाद घिमिरेलाई सम्मानपत्रद्वारा सम्मान गरियो ।

यही फागुन ३० गतेसम्म सञ्चालन हुने मेलामा घरेलु उद्योग, जातीय संस्कृतिअनुसारका खानाका परिकार, तयारी कपडा, खाद्य वस्तु, घरेलु उद्योगका उत्पादन, दुधबाट बनेका विभिन्न परिकारका स्टल रहेका छन् । मेलामा प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता भएको र केही जिल्लाबाट आउनेक्रम जारी रहेको बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।