धनकुटा महोत्सवमा जे देखियो – हेर्नुहोस् भिडियो जस्ताको तस्तै

धनकुटा खबर । एक नम्बर प्रदेशलाई हरेक हिसावले सम्बृद्ध बनाउनका लागि आफु मुख्यमन्त्रि बनेको प्रदेश नम्बर एकका मुख्यमन्त्रि शेरधनलाईले बताउनुभयो । आजवाट धनकुटामा सुरुभएको चौथो धनकुटा महोत्सबलाइ सम्बोधन गर्नुहुदै मुख्यमन्त्रि राइले संबिधानको कार्यन्वायन पश्चात मुलुकमा रहेका सबै अन्योलता हटेको समेत बताउनु भयो । उहाले निजि क्षेत्रलाई प्रदेशको विकास र संबृद्धिका लागि लगानी गर्न प्रोत्साहान गरिने बताउनुभयो ।

उद्योग बाणिञ्य संघ धनकुटाको आयोजनामा ‘कृषि, पर्यटन, स्वास्थ्य, स्वरोजगार, उद्योग र व्यापार, समुन्त प्रदेश नं. १ को आर्थिक विकासको मुल आधार’ भन्ने मूल नाराका साथ महोत्सव फागुन २० गते देखि ३० गते सम्म धनकुटाको तल्लो टुडीखेलमा संचालनहुने भएको हो । महोत्सवको प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राइले उद्घाटन गर्नुभयो ।

महोत्सवमा १ सय २५ वटा प्रर्दशनी र २५ वटा फुड स्टल गरी १ सय ५० वटा स्टल निर्माण गरीएको छ । स्टलमा नेपाल एकिकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेस १९ प्रकारका वस्तु, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिवुटी, घरेलु उद्योगवाट उत्पादीत वस्तुहरु तथा कला संस्कृति झल्कने कार्यक्रम एवम् वस्तुहरुको प्रदर्शनी रहनेछ ।

महोत्सव अवधिभर करिव १ लाख आन्तरिक तथा वाह्रय पर्यटकहरुले अवलोकन गर्ने र ३ करोड रुपैया भन्दा वढीको आर्थिक कारोवार हुने अनुमान आयोजकको छ । उमेश घिमिरेको अध्यक्षतामा सम्पन्न उद्यघाटन कार्यक्रममा प्रदेश सभाका सदस्यहरु,निरेन राई, इन्द्रमणि पराजुली,कुशुम श्रेष्ठ,आरसी तुम्बा, लिला सुब्बा, विना राई तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाका प्रमुखहरुले आफ्नो मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा पत्रकार खगेन्द्र घिमिरे,साहित्यकार एलपि जोशी, व्यापारी कृष्ण शाक्य, कुलबादुर प्रधान तथा धनकुटे कान्छालाई सम्मान गरिएको छ ।कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष मनकुमारी तितुङले गर्नुभएको थियो भने कार्यक्रमको उद्येश्यको बारेमा प्रचारप्रसार संयोजक विजय सन्तोषी राईले प्रकास पार्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।