चट्याङ् लागेर धनकुटाको आहालेमा एकको मृत्यु
धनकुटा खबर । असिना पानीसंगै परेको चट्याङ्ग लागेर धनकुटाको आहालेमा एक जनाको मृत्यु भएको छ ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ९ सिरान टोल निवासी ५२ बर्षिया खम्ब सिं तामाङको मृत्यु भएको नगरपालिकाका मेयर पर्शु नेपालले जानकारी दिनुभयो ।
दिउँसो ४ बजे तिर आफ्नै घरमा परिवार संग बसेर खाजा खाईरहेको बेला च्ट्याङ् लागेपछि तामाङ्गको घटना स्थलमा नै मृत्यु भएको नेपालले जानकारी दिनुभयो ।
मृतकका परिवारलाई भने कुनै क्षति नभएको स्थानियबासीहरुलाई उध्रित गर्दै मेयर नेपालले धनकुटा खबरलाई जानकारी दिनुभयो ।


