अबिरल परेको असिना-पानीले धनकुटामा १६ करोड मुल्य बराबरको तरकारी बाली नष्ट

धनकुटा खबर । आइतबार साझ धनकुटामा परेको अविरल बर्षा र असिनाले करिब १६ करोड मुल्य बराबरको तरकारी बाली नष्ट गरेको छ ।

धनकुटाको प्रमुख तरकारी उत्पादन हुने क्षेत्र छथर जोरपाटी गाउँपालिकामा र महालक्ष्मी नगरपालिकामा बढी मात्रामा तरकारी बालि नष्ट भएको हो । छथर जोरपाटी गाउँपालिकामा १० करोड र महालक्ष्मी नगरपालिकामा ६ करोड बराबरको क्षति भएको हो ।

तरकारी उत्पादनको मुख्य क्षेत्र मानिएको छथरजोरपाटी गाउँपालिकाको परेवादिन, हात्तिखर्क, तांखुवा, सिधुवा, जोरपाटी लगायतका क्षेत्रका किसानले १२ सय हेक्टरमा लगाएको करिब १० करोड मूल्य बराबरको तरकारीबाली असिनाले नष्ट गरेको छथरजोरपाटी गाउँपलिका कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए ।

यस्तै महालक्ष्मी नगरपालिका वडा नं. १, २, ८ र ९ मा लगाईएको तरकारी बालीमा असिनाले क्षती पु¥याएको छ । यी वडाका करीब ४५० परिवार किसानले लगाएको तरकारी नष्ट हुँदा ६ करोड बराबरको क्षती भएको प्रारम्भिक अनुमान भए पनि एकिन तथ्याङ्क संकलन गर्नको लागि कृषि प्राविधिकहरुलाई खटाएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖