‘मानव सभ्यताका काला बीजहरु’
नाटक - भाग १
पात्रहरु
१. पिटर ( भिजीअर ÷सल्लाहकार ) २. ड्रिक रोबीक (नयाँ फारोह) ३. जोनेफ (सेनापति) ४. सेरीयाना (जेट्लीकी महारानी ) ५. मेरीन (जेट्लीको सेवकको श्रीमती) ६ जोन ( सुचनाकार) ७. केही बरिष्ठ अधिकारीहरु । केही सेवकहरु ।
दृश्य ः – ३०० सेन्चुरी बी. सी. तिरको इजिप्टको भब्य दरबारको बिशाल कोठा । पृष्ठभूमिमा उदास सगींत बजीरहेको छ ।
जोन ः जताततै अंधकार छ । यस इजिप्ट राज्यका अति नै प्रभावशाली फारोह जेट्ली डिमीकको असमायीक निधनले सबैलाई स्तब्ध बनाएको छ । चराहरु पनि बेदनाका गीतहरु गाइरहेका छन् । घाँस पातहरु सबै ओइलाएका छन् । दरबार अगाडि खुल्ला ठाँउमा रहेको उहाँको पार्थीव शरिरले अन्तिम सस्कार खोजीरहेको छ । अध्यारो पछि उज्यालो खोजे जस्तै उहाको अनुपस्थितिमा राज्यको नेतृत्व गर्नका लागि यता दरबारमा नयाँ फारोहको स्वागत र शपथको लागि भब्य तयारी भइरहेको छ । ( विस्तारै उसले हल छोड्छ सगींत बन्द हुन्छ ।)
( पिटर र जोनेफको प्रवेश )
पिटर ः शपथका लागि ड्रिक रोबीक तयार हुनुहुन्छ ?
जोनेफ ः तयार हुनुहुन्छ ।
पिटर ः सलामी अर्पण गर्नका लागि सैनिकहरु तयारी अवस्थामा छन् त ?
जोनेफ ः तयारीमा छन् । सैनिक सलामी पछाडि अभिनन्दनको लागि पनि सबै तयारी भइसकेको छ ।
पिटर ः ठिक छ । सबै कुरा तयारी अवस्थामा हो भने यस राज्यका बरिष्ठ अधिकारीहरु र पाहुनाहरु बाहिर पट्टिको पाहुना घरमा छन् उनीहरुलाई पहिला याहाँ बोलाउन लगाउनुहोस् । त्यस पछि तयारीमा रहेका रोविक लाई पनि शपथ ग्रहणका लागि बोलाउनुहोस् । साथै सलामीका लागि सबैलाई तयार रहन निर्देशन दिनुहोला ।
जोसेफ ः हवस गुरुदेव । ( ऊ बाहिर निस्कन्छ । )
हलमा राज्यका बरिष्ठ अधिकारीहरुको प्रवेश । राज्यका प्रमुख सल्लाहकारलाई अभिवादन सहित उनीहरु हलको दुवै दिशातर्फ राखिएका कुर्सीहरुमा गएर बस्छन् । सेनापतिले रोबिक लाई अगाडि लाएर हलभित्र छिर्छन । रोबीकको प्रबेशपछि उनीहरु उठेर स्वागत गर्छन । सबैले उनलाई उठेर स्वागत गर्छन । उनीलाई हलको अगाडि पट्टिको भागमा लगिन्छ । )
पिटर ः (स्टेजको अगाडितिर गएर ) हाम्रा महान फारोहलाई दैवले आफ्नो दरबारमा निमन्त्रणा गर्नुभइसकेपछि यो राज्यमा इश्वरको चाहाना बमोजीम नयाँ फारोहको शपथ गराउनु पर्ने भएको छ । यो काम सम्पन्न गर्नका लागि याहाँ उपस्थित सबै यस राज्यका बरिष्ठ अधिकारी तथा अन्य छिमेकी राष्ट्रबाट पाल्नुभएका सबै अतिथि महानुभावहरुलाई म स्वागत गर्न चाहान्छु ।
( छोटो बिश्राम पछि )
बिशाल पृथ्वीको मध्य भाग, मेडीटरनियन समुन्द्रको नजिक नाइल नदीको किनार र आसपासमा सयौं बर्षदेखि आफ्नो सभ्यताको बिकास गर्दै आएको यो राज्यको आफ्नै परम्परा छ । हामी सधै आफ्नो बल र बुद्धी तथा इश्वरको चाहाना बमोजीम अगाडि बढ्यौ र सधै यसरी नै अगाडि बढीरहने छौ । (रोबिकतिर फर्कीएर) नयाँ फारोहका रुपमा शपथ लिन लाग्नुभएका ड्रिक रोबिकलाई तयार रहनको लागि आग्रह गर्दछु । ( सेनापतिलाई इशारा मार्फत एउटा पत्र दिन्छन् । उसले त्यो पत्र रोबिकको हातमा थमाउछ । शपथ ग्रहणको कार्यक्रम शुरु हुन लाग्दा पृष्ठभूमिमा धार्मिक बाजा र धुनहरु बजाइन्छ । ) अब म नयाँ फारोहलाई सपथ खुवाउन गइरहेको छु । ( शपथ खुवाउछन्) म ……
रोबिक ः म, ड्रिक रोबिक, ( सगँसगै दुबैजना ) यस राज्यको परम्परा अनुसार इश्वर, धर्मगुरु, र जनताका नाममा यस राज्यको नयाँ फारोहका रुपमा यो प्रतिज्ञा गर्दछु की म आफ्नो दायित्वलाई आफ्नो जीवन भन्दा ठूलो मान्नेछु । मेरो जीवन भन्दा सधै नै यो राज्य र धर्म अगाडि हुनेछ । म इश्वरको आदेश अनुसार शासन गर्दछु र सबैले मेरो आदेशलाई इश्वरको आदेश सम्झेर पालना गर्नुपर्दछ ।
जोनेफ ः यस राज्यका नव नियूक्त फारोह ड्रिक रोबिक लाई सम्मानका खातिर सलामी अर्पण गर्नको लागि म आदेश गर्दछु । सेना सलामी अर्पण गर ।
(उसलाई सैनिकहरुले सैनिक धुन सहित सलामी अर्पण गर्दछन् । साथै शुभकामना तथा बधाइ पनि केहीबेर चल्दछ ।)
रोबिक ः यस राज्यका सल्लाहकार ज्यू । तथा यस समाहरोहमा उपस्थित भएर मेरो शपथ ग्रहणको कार्यक्रमको शोभा बढाइदिनुहुने सम्पूर्ण यो राज्यका बरिष्ठ अधिकारीहरु तथा पाहुनाहरु प्रति म हार्दिक आभार ब्यक्त गर्दछु ।
( रोबीक र पिटर बाहेक सबैले हल छोड्छन् )
रोबिक ः ( पिटरतर्फ ) यो संवेदनशील अवस्थामा तपाइको के सल्लाह छ ?
पिटर ः अत्यन्तै शक्तिशाली र बुद्धीजीबी यस गौरबशाली राज्यका फारोहको शुखद कार्यकालको कामना गर्दछु र दिवंगत फारोह जेट्ली डोमीकको अन्तिम सस्कार नै अहिलेको आवाश्यकता भएकोले राज्यको धर्म परम्परा अनुसार त्यो पुरा गराउन निर्देशन दिएर आफ्नो जिम्वेवारीको शुरुवात गर्दा शुभ होला भन्ने कुरा बिन्ती चढाउछुँ ।
रोबीक ः तपाइको सल्लाहलाई मध्यनजर राख्दै म आवाश्यक कार्यहरु अघि बढाउनेछु । (रोबीक कोठाबाट बाहीरिन्छ) ( पर्दा लाग्छ )
दृश्य २
दरबारको दोश्रो कक्ष, नयाँ फारोहको सिहाँसन भएको ठाऊ । )
जोन ः (स्टेजमा जान्छ । इश्वरको आफ्नो नियम छ । यो नियमलाई कसैले आफुले चाहेर बदल्न सक्दैन आफ्नो नियन्त्रणमा पनि राख्न सक्दैन । सबैले इश्वरको आदेशलाई सदैब पालना गर्नुपर्ने हुन्छ । … अब डिमिकको अन्तिम श्रदान्जलीका लागि ढोका खुलिसकेको छ । यस राज्यले नयाँ फारोह पाइसकेको छ । शायद अब उहाँ यही कामको लागि तयारी गर्दै हुनुहुन्छ । ( जोनले हल छोड्छ )
नेपथ्यबाट ः यस राज्यका महान फारोहको जय ! ड्रिक रोबिकको जय ! दुइवटै राज्यका राजाको जय ! सबै मन्दिरका सबैभन्दा महान पुजारीको जय ! यस धर्तीका साक्षात भगवानको जय !
(सेनापति सहित ड्रिक रोबीकको प्रवेश, मध्य भागमा रहेको बिशाल क्यानोपी, सिंहासनमा रोबीक बस्छन्, सिंहासनको वरपर बाघ, चितुवा, लगायतका जनावरका टाउकाहरु राखिएका छन् साथै सिंहासनलाई सुनले ढाकेको छ )
रोबीक ः सेनापति जोनेफ ! यो राज्यका अति सक्षम र कुशल तीनजना सैनिक अधिकारीहरुलाई चाडोभन्दा चाडो ल्याउने ब्यवस्था गर ।
जोनेफ ः हवस् महाराज ! ( ऊ बाहिर निस्कन्छ )
रोबीक ः यो कुर्सीमा बस्दाको आनन्द नै बेग्लै । बस्ने बित्तिकै आफै शक्ति भरिएजस्तो महशुष भयो । हिजोसम्म म पनि अरुको आदेश मान्ने मान्छे थिएँ । आज म अरुलाई आदेश गर्ने भए । शायद स्वर्गमा पनि यस्तो सुविधा नमिल्ला ।
(जोनेफ सैनिक अधिकारी हरु सगँ भित्र छिर्छ । )

रोबीक ः ( पहिलो सैनिक अधिकारी लाई ) तिमी झट्टै जाऊ र राज्यको ढुकुटीमा भएका धातुहरु निकाल र चाडोभन्दा चाडो अहिले सम्मकै सबभन्दा बढी र मुल्यवान धातु प्रयोग गरेर सुन्दर कोफीन बक्स तयार गर्न लगाऊ र लिएर आऊ । ( ऊ बाहीर निस्कन्छ । )
( दोश्रो सैनिक अधिकारीलाई निर्देशन दिदै ) यस राज्यका ख्यातिप्राप्त बैधहरुको भेला गराऊ र पार्थीव शरिरलाई बढी भन्दा बढी समयसम्म जस्ताको तस्तै राख्न मिल्ने जडिबुटीहरु जम्मा गरेर त्यसको लेपन बनाई डिमीकको पार्थीव शरिरमा लगाउने प्रबन्ध मिलाऊ ।
( तेश्रो अधिकारी लाई ) दिवंगत महान फारोहको अन्तिम कार्यक्रमलाई ऐतिहासिक र भब्य बनाउनका लागि यस शहरको कुनै एक भागमा एउटा बिशाल पिरामिड बनाउन मिल्ने उपयूक्त खाली स्थानको छनौट गरेर आऊ । त्यो ठाँउमा पिरामिडको साथै केही चिहान घरहरु पनि निर्माण गनुपर्ने भएकोले सकेसम्म ठूलो भूभागको बन्दोबस्त गर । ( उ पनि आदेश बमोजिम बाहिर जान्छ । ) (सेनापति तर्फ फर्किएर ) जोनेफ ! हाम्रो धर्म सस्कार र परम्परा अनुसार दिवंगत फारोहको सेवाका लागि सेवकलाई तयार पार्ने कुरा संवेदनशिल र जिम्मेबारी पूर्ण कार्य भएको हुदाँ मैले तिमीलाई नै सुम्पिने निर्णय गरे । जेट्ली डोमीकका सबैभन्दा प्यारा तीनजना सेवकहरुलाई तयार गर । यो राज्यको धर्म र सस्कार भएकोले उनीहरुले यसलाई इन्कार गर्ने छैनन् । अनि अरु थप तीनवटा कोफीन बक्सहरु पनि तयार गर्न लगाऊ ।
जेनेफ ः हवस् महाराज ! महाराजको जो आज्ञा ! ( पर्दा लाग्छ )
दृश्य ३
(दरबार अगाडिको खुल्ला ठाँउ, बीचमा एउटा शव राखिएको छ । एकातिर केही सेवक र अन्य मानिसहरु छन् । साथै सेरियाना र मेरिन पनि शोकमा डुवेका छन् ।)
( जोनको प्रवेश । )
जोन ः जताततै कालो बादल छाइरहेको देख्छु । यो राज्यमा परेको ठूलो बज्रबाट उत्पन्न भएका आगोका झिल्काहरुले अरु तीन घरहरु जल्दै छन् ( सबैको नजर जोनतिर पर्दछ ।)
मेरीन ः ( मेरिनले आफ्ना पति जेट्ली डोमीकका सेवक भएकोले उनलाई डोमीक सगै लैजान सकिने खतराको रुपमा जोनको कुरालाई लिन्छीन् , शंकाले उनी छट्पटाउछिन् ) तिमी के भन्दैछौ अलि बुझ्ने गरि भन । आखिर के भइरहेको छ ? के हुन लागेको छ ? के पुरानै परम्परा दोहोरिने हो अहिले पनि ?
जोन ः नयाँ फारोहको रुपमा ड्रिक रोबीकले शपथ खाइसके । उनको स्वागतका लागि ठाँउ ठाँउबाट हजारौ मानिसहरु आएका थिए । विभीन्न राज्यका बरिष्ठ अधिकारीहरुको सहभागितामा यस राज्यका धर्मगुरु पिटरले उनलाई राज्यको बिशिष्ट कक्षमा शपथ खुवाए । उनले आफ्नो परम्परा दोहोराउदै आदेश दिए तीनजनाको नाममा (लामो सास फेर्दै ) फेरी पनि मानव जातिमा परम्पराको नाममा एउटा अन्याय हुने भयो । । इजिप्सियन सभ्यतामा फेरी एउटा कालो धब्बा लाग्ने भयो । ( जोन स्टेज छोडेर बाहीर निष्कन्छ । )
(मेरीन छट्पटाउछीन कराउछिन् चिच्याउछिन् अनि अलि शान्त भएर सेरीयानाको छेउमा आउछीन् र बिलौना सहित बिन्ति गर्छिन् )
मेरीन ः महारानी सेरियाना ! मलाई थाहा छ । यतिबेला सबैभन्दा ठूलो चोट तपाइलाई परेको छ । तपाइ शोकमा हुनुहुन्छ । तथापी तपाइले केही गर्नुहोस महारानी, मेरा श्रीमानले जीवनभर महाराजको सेवा गर्नुभयो । तर आज उहाँलाई बलि चढाइदैछ । हो दैवले महाराजलाइ बोलाउनु भयो । उहाँले जानुपर्यो । यसमा हामीलाई पनि धेरै दुःख लागेको छ । तर …. । (टक्क रोकीन्छे) यो कुन पापको सजाय हुन गइरहेको छ । तपाँइले जसरी भएपनि मेरो लोग्नेको जीवन बचाइदिनुपर्यो । म तपाइलाई बिन्ति गर्दछु । ( निराश खालको भ्वाइलेनको धून बजीरहेको हुन्छ । )
सेरियाना ः मेरो दिमाग शुन्य छ मेरीन । म अहिले केही कुरा बुझ्न सकिरहेकी छैन । जताततै धमिलो मात्र छ । शायद मेरा पति डोमीक सगै मेरो भाग्यमा पनि परलोक लेखिएको भए म यति दुःखी हुने थिइन होला । तर म इच्छा भएर पनि जान पाउदिन । यो कस्तो खेल हो नियतिको ? मैले केही बुझ्न सकिरहेकी छैन । ( एकछिन शान्त हुन्छ । सेनिक अधिकारीलाई इशाराले बोलाउछिन् )
सैनिक अधिकारी ः के सेवा गरौ महारानी ?
सेरियाना ः हाम्रा महाराजको आफ्ना सेवकहरुलाई बलिदान नगराउने अन्तिम इच्छा थियो । अब यो कुरा कार्यान्वयन गर्ने कार्य नया फारोहमा मात्र सामथ्र्य छ । यो कुरा नयाँ फारोहसगँ राख्नु र मेरो बिन्ति सुनाइदिनुकी यी अबोध सेवकहरुलाई बलि दिने परम्पराको अन्त्य होस । यो सन्देश चाडै गएर नयाँ फारोह समक्ष राख । ( सैनिक अधिकारी बाहिर निष्कन्छ )
मेरीन ः महारानी सेरीयाना ! हजुर महान हुनुहुन्छ । महाराज डोमीक जस्तै । केही आशाका झिल्काहरु त देखिदैछन् तर पनि कता कता मनमा शंका उब्जिरहेको छ । डर झन् झन् बढिरहेको छ । इश्वरसगँ प्राथना गर्दछु की नयाँ फारोहले तपाइको सन्देश सुनुन् र आफ्नो निर्णय सच्याएर हामीलाई बर्बाद हुनबाट बचाउन् ।
(उदाश संगीतसगै जोनको प्रवेश हुन्छ ।)
जोन ः महारानी सेरियानाको सन्देश नयाँ फारोह समक्ष पुग्यो । उनले कुरा ध्यान दिएर सुने । एकछिन अलमलिए । एकछिन छट्पटिए पनि । एकछिन टोलाए र एकछिन सल्लाहकारलाई भेट्न बोलाए । (सबै जना जोनतिर फर्किएर ध्यानपूर्वक सुनिरहेका छन् । ) एकछिन पछि आफ्नो पुरानो निर्णय बदल्न नसक्ने नयाँ निर्णय लिएर आए र सबै भताभुङ्ग भयो ।
(मेरिन चिच्याउदै कराउदै फेरि लामो स्वास फेर्दै मुर्छा पर्छिन । अरु रुन थाल्छन् सैनिक अधिकारीहरुले केही महिलाको सहयोगमा मेरिनलाई अन्यत्र लैजान्छन् , सेनापतिको प्रवेश हुन्छ । )
जोसेफ ः ( भाबुक मुद्रामा ) मैले यूद्धमा धेरै मानिसहरुको अकालमा ज्यान लिए होला । त्यसमा मलाई कहिल्यै हीनताबोध भएन । मेरै अगाडि धेरै सहयोद्धाहरुले जीवनको आहुती दिए त्यसले दुःखी तुल्यायो तर यति धेरै पीडा र मनमा दबाब दिएको थिएन । तर आज … आज मलाई धेरै गारो भएको छ । हाम्रो राज्यका दिवंगत फारोहका खुशीका लागि र नया फारोहको जस्तोसुकै आदेश मान्न तयार रहेको एक सिपाहीका नाताले मैले यो काम गर्नै पर्छ ।
( तीनजना सेवकहरुलाई शवको नजिकै ल्याइन्छ । त्याँहाबाट अन्य सबैलाई हटाइएको छ । उनीहरु, सेनापति र केही सैनिकहरु मात्र छन् )
जोनेफ ः यीनीहरुलाई स्नान गराइदेऊ । (सेनाहरुले नुहाइदिन्छन् ) सफा कपडा लगाइदेऊ – …..
अब आखामा पट्टि बाधीदेऊ । ….
( त्यसपछि केही मन्त्र पढ्न लगाइन्छ । अनि सबैलाई तयार गरेर राखेको हेमलक (बीष) पिउन लगाइन्छ । एकजनाले त्यो पिउन धेरै अटेर गर्छ । उनीहरु बीष पिउने वित्तिकै त्यही ढल्छन् )
( जोनको प्रवेश हुन्छ । )
जोन ः अन्तिम श्रद्धान्जलीका लागि चारवटा कोफीन बक्सहरु तयार गरियो । धर्मगुरु, नयाँ फारोह, सेनापति र अन्य राज्यका बरिष्ठ अधिकारीहरु, शोक सन्तब्ध परिवारहरु अनि अन्य राज्यका जनताहरुले सबैले श्रद्धान्जली अर्पण गरिसकेपछाडि उहाहरुको पार्थीव शरिरलाई यस शहरको उतरपट्टि रहेको एउटा बिशाल खुल्ला ठाँउमा लगियो । यो श्रद्धान्जलीमा दिवगत फारोहका एकजना सेवककी पत्नि भने आउन सकिनन् । उनी आफ्नो श्रीमानको बलिदान गराइने खबरले मुर्छित भएकी थिइन । मुर्छाबाट अलि अलि ब्यूझिएका बेला यो राज्यलाई याहाँको धर्म, परम्परा र पद्धतिलाई यस राज्यको कहिल्यै भलो नहोस् भनेर सरापीन र उनी सदाको लागि विदा भइन ।
क्रमश…


