२ सम्मानित २ पुरस्कृत !
धनकुटा खबर । प्रतिभा पुरस्कार २०७४ बाट लोक गायक तुलसि पराजुलि र उदयमान तेक्वान्दो खेलाडि सुनिता तामाङ्ग पुरस्कृत भएका छन् ।

लोक गायनको क्षेत्रमा महत्बपुर्ण योगदान पुर्याए वापत पराजुलिलाइ र तेक्वान्दो खेलमा अन्तराष्ट्रिय पदक जितेर धनकुटाको नाम उच्च बनाए वापत तामाङ्गलाई पुरस्कृत गरीएको हो । उनिहरुलाइ प्रसंसा पत्र सहित नगद रु १५ हजार रुपैयाले पुरस्कृत गरीएको छ ।
धनकुटा प्रतिभा पुरस्कार कोषले आज धनकुटामा आयोजना कार्यक्रममा सहित्यकार तुल्सी दिवस र बरिष्ठ पत्रकार संजय सन्तोषी राई लाइ सम्मान गरेकोे छ । सम्मान पत्र दोसल्ला र नगद सहित उनीहरुलाइ सम्मान गरीएको हो ।
धनकुटाबाट बिभिन्न बिधामा राष्टिय तथा अन्तराष्टिय क्षेत्रमा चिनाउन सफल ब्याक्तिलाइ बर्षेनी पुरस्कृत र सम्मान गर्दै आएको छ । हाल सम्म यो पुरस्कार तथा सम्मानले २७ ब्याक्तित्वलाइ पुरस्कृत तथा सम्मान गरीसकीएको आयोजकले जनाएको छ ।


