सकियो धनकुटाका किसानसँगको अन्तरक्रिया कार्यक्रम !

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको चिया, अलैंची,अदुवा र दुग्ध क्षेत्रका जिल्लामा अवस्थित व्यावसायी, कृषक उत्पादन र पहिचान तथा व्यावसायमा आधारीत समस्या तथा अवसर बिषयक ३ दिने अन्तरक्रिया कार्यक्रमा सम्पन भएको छ ।

बैशाख ५ गते बाट सूरु भएको कार्यक्रम आज सम्पन्न भएको हो । कार्यस्थलमा कार्य अवस्था सुधारका लागि कृषक तथा कामदारहरुको पेशागत सुरक्षा, स्वाथ्य, बजारी करण, व्यावसायमा आउने चुनौती लगायतका विषयमा उन्नती परियोजनाका कृषि व्यावसयी विज्ञ लक्ष्मण आचार्य, हुसाडेक नेपालका महासचिव सरोज भूजेल उद्योग वाणिज्य संघ धनकुटाका कार्यलय सचिव जयन्द्र प्रधानले किसान लाई प्रशिक्षण दिएका थिए ।

उक्त अन्तरकृया कार्यक्रमा चिया, अलैंची, अदुवा र दुग्ध क्षेत्रका जिल्लामा अवस्थित व्यावसायी, कृषक गरी ४५ जनाको सहभागिता रहेको उद्योग वाणिज्य संघ धनकुटाका कार्यालय सचिव जयन्द्र प्रधानले जानकारी दिए ।

समापन कार्यक्रममा उद्योग वाणिज्य संघ धनकुटाका उपाध्यक्ष ठेगनाथ घिमिरे उद्योग वाणिज्य संघ धनकुटाका सदस्य हरुको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖