‘ढुङ्गे खेल मैदान’ मर्मत
धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका ८ को ढुङ्गे खेल मैदान मर्मत कार्य पूरा भएको छ ।
गाउँपालिकाको १ लाख आर्थिक लागतमा १ सय मिटर लम्वाई र ६० मिटर चौडाईको फुवल खेल मैदान मर्मत गरिएको हो ।
खेल मैदान मर्मत गरिएसँगै अव त्यहाँ क्षेत्रीय स्तरका खेल समेत सञ्चालन गर्न सकिने ढुङ्गे खेल मैदान उपभोक्ता समितिका अध्यक्ष विष्णु प्रसाद राईले वताउनुभयो । मर्मत कार्य अन्र्तगत मैदान सम्याउने, ग्रेट कटिङ्ग गर्ने लगायतको काम गरिएको छ ।
खेल मैदानको मर्मत गरिएपछि स्थानीय खेलाडीहरु पनि खुशी भएकाछन् ।


