जान्नुहोस्- किसमिस भिजाएर खानुको चमत्कारिक फाइदा

किसमिस मन नपर्ने मानिस शायदै भेटिएला । यसको तिख्खर स्वाद र मिठासको लागि मात्र नभर्इ किसमिस उन्नत स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । हिजोअाज हरेक किसिमका मिठार्इ र खानेकुरामा किसमिसको प्रयोग गरिन्छ । यसका अनगिन्ती फाइदाहरूका बारेमा हामी यहाँ छोटकरीमा चर्चा गर्छौं:-

– किसमिसको सेवनले शरीरमा अाइरनको कमीलार्इ पूरा गरी रगत बढाउँछ ।

– फाइदाको हिसावले किसमिस सुख्खा खानुभन्दा भिजाएर खानु उत्तम मानिन्छ । यसलार्इ भिजाएर खाने गर्नाले लिभर अर्थात् कलेजोलार्इ फाइदा गर्दछ ।

– किसमिसको पानीले कलेजोमा एकदम तीब्र गतिमा रगत सफा गर्दछ । यसरी किसमिस भिजाएर उक्त पानी नियमित ४ दिनसम्म पिउने हो भने कब्जियत लगायतका कैयौं पेटसम्बन्धी समस्या वा रोग निको हुन्छ ।

– दिनहुँ किसमिस सेवन गर्नाले मुटु बलियो एवम् स्वस्थ हुनुका साथै कोलेस्ट्रोल पनि घटाउँछ ।

– किसमिसमा धेरै किसिमका भिटामिन एवं मिनरल्स पाइन्छ । यसलार्इ भिजाएर खानाले यसमा भएको गुलियोको मात्रामा कमी अार्इ स्वास्थ्यको लागि एकदमै गुणकारी हुन्छ ।

– प्राकृतिक रूपमा यसमा एन्टीअक्सिडेन्ट पाइने हुनाले यसले विभिन्न किसिमका रोगबाट बचाउँछ ।

– शरीरमा विभिन्न किसिमका फोहोर वा प्रदुषणलार्इ हटार्इ रगत सफा गर्न मृगौला तथा कलेजोको अहम् भूमिका हुन्छ । त्यसैकारण पनि यी महत्वपूर्ण अङ्गहरूलार्इ स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् । दैनिक रूपमा थोरै भएपनि किसमिसको सेवन गर्दा अतुलनीय फाइदा प्राप्त गर्न सकिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।