ट्याक्टरमा लेबर काम गर्ने यी युवाको स्थापित गायकलाई टक्कर दिने स्वर !- हेर्नुस् भिडियो सहित

ईटहरी । मान्छेको सपना हजारौ हुन्छ, ति हजारौ सपना भित्र एउटा त्यस्तो सपना लुकेको हुन्छ, जुन सपना जिन्दगीभर साथैमा होस् अर्थात त्यहि सपनाको केन्द्रबिन्दुमा पुग्न खोज्दा खोज्दै जिन्दगीको अन्त्य होस् ।

यस्तै सपना छ सपन श्रेष्ठ संग पनि तर, पैसा अभाबले गर्दा कला हुदा पनि गला भासिएको सरह भएका छन् उनि । आफ्नो कलालाई सबै माझ देखाउन मिडिया खोजिरहेका उनले पहिलो पटक अन्तरबार्ता दिएका छन् । जसमा उनको गाउने कला देखेर प्रस्तोता समेत चकित परेका छन ।

यति मात्र हैन गीत रेकर्ड गराईदिने देखि म्युजिक भिडियो बनाईदिने समेत त्यहि अन्तरबार्ताबाट बाचा समेत गरेका छन् । उनले सबैलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् ।

सानै देखि गीत गाउन रुचि राख्ने उनि गीत गाउदा आफ्ना साथीभाईहरु ओरिपरि बसेर सुनिरहन्थे । आमाको साथ र सहयोग निकै छ उनलाई, कुराकानीमा आफ्नो सपना पुरा गर्ने क्रममा आफ्नी आमाले खसी, कुखुरा समेत बेचेको यथार्थ सुनाए ।

गायनको भुत संग भौतारिदा भौतारिदै पढाईलाई पनि छाडेका उनि यहि सपनालाई साकार बनाउन दिनरात खटिरहे । तर स्वर भएर मात्र के गर्नु, गोजीमा टन्न पैसा नभए पछि सपना साथमै छ तर साकार पार्न सकिरहेका छैनन् ।

संगीत यात्राको लागि आर्थिक अभावले पिल्सिएको जिन्दगि बोकेका उनि पेशाले ट्याक्टरको लेबर हुन् । सपनाले अहिले सम्म संगीतको कुनैपनि औपचारिक ज्ञान समेत लिएका छैनन् तर उनको आवाज र गाउने कला सुन्दा कुनै स्थापित गायक भन्दा अलिकति पनि कम लाग्दैन ।

आफ्नो गायन कला गाउघरका धेरैलाई सुनाए उनले, त्यहाबाट आफ्नो स्वरको वाहावाही त पाए तर गाउघरमै सिमित रहयो त्यो वाहवाही । सार्बजनिक अन्तरबार्ता पछि उनलाई सहयोग गर्ने र उनको कलालाई प्रसंशा गर्नेहरु बढिरहेका छन् ।

हेर्नुस् उनि संग गरिएको भिडियो कुराकानी सहित प्रतिभा प्रस्फुटन सहितको हेर्ने पर्ने अन्तरबार्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।