३४ बर्ष पछि धनकुटामा औधोगिक ग्राम
धनकुटा खबर । धनकुटामा औधोगिक ग्रामको स्थापना भएको छ । राज्यले जमिन अधिग्रहण गरेको ३४ बर्ष पछि उक्त स्थानमा औधोगिक ग्राम स्थापना गरिएको हो ।
नेपाल सरकारको क्रमागत योजना अन्तर्गत ५ करोड लागनीमा ११ वटा भवन तथा बिभिन्न संरचना बनाईएको छ ।
उक्त ग्राम निर्माण भएपछि अब पूवी पहाडका साना उद्यमीहरुले उक्त स्थानमा आफ्ना उद्योगहरु संन्चालन गर्न सक्ने घरेलु विकास समितिका निर्देशक दिपक पौडेलले जानकारी दिए ।




