धनकुटामा एवोकार्ड खेतीको बढ्दो आकर्षण !, उपभोक्ताको धानीनसक्नु माग उस्तै (भिडियो सहित)
धनकुटा खबर । एवोकाडोको धनकुटामा ब्यबशायीक रुपमै खेति सुरु गरिएको छ । घर कम्पाउण्ड र करेसाबारी भीत्र कतैकतै सौखका लागि एकदुई बोट रोपेको देखिने घिउ फल पनि भनिने एबोकाडोमा ब्यबशायीक भबिष्य देखेका किसान यसतर्फ आकर्षित भएका हुन् ।
धनकुटा तीन कागतेका दामोदर वाग्लेले करेसाबारीमा हुर्किएका २० बोटबाट गत सिजनमा दुईलाख रुपैयाँको एवोकाडो बिक्रि गर्नुभयो । राम्रो बजार मूल्य र लामो उत्पादन अबधिका कारण उहाँ सुन्तला र अरु नगदेवाली छाडेर एवोकाडो खेतिमा लाग्नुभएको हो । आम्दानी राम्रो हुने देखेपछि ६ रोपनी जमिनमा ६५ विरुवा थपेको दामोदर वाग्ले बताउनुहुन्छ ।
भर्खरैमात्र उत्पादन लिन थालिएको यो फल किसान र उपभोक्ताका लागि नौलो हो । बगैचा बिस्तार हुने क्रम बढेपछि स्थानीय नर्सरीले भनेजति विरुवा दिन नसकेको नर्सरी सञ्चालक भिमराज अधिकारी बताउनुहुन्छ ।

अमेरिका र मेक्सिको लगायतका मुलकबाट भीत्रिएको बताइने यसको व्यावसायिक खेती समुन्द्रि सतहको ५ सय देखि १७ सय मिटर उचाइको उष्ण र समशितोष्ण हावापानीमा गर्न सकिन्छ । रोपेको ४ देखि ६ बर्षभित्रै उत्पादन दिने यसको प्रचुर व्यावसायिक संभावना रहेको कृषि अभियान्त जिवन राईको भनाई छ ।
एवोकार्डको माग उपभोक्तामा दिनदिनै बढ्दै गएको छ । प्रसस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइन यो फलको माग धानीनसक्नु छ । यो खेतिमा लागेका किसानलाई हौसला दिन हावापानी अनुसार उपयूक्त जातका बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराउन सबन्धि सरोकारवाला निकायले ध्यान दिनु जरुरी देखिन्छ ।


