सन्देशमुलक तीज गीतमा नेपालका पहिलो नायिकाहरुले यसरी मर्काए कम्मर… (भिडियो सहित)

नेपाली महिलाहरुको महान् चार्डको उपमा पाएको तीजको अर्को पक्ष भनेको गीत सङ्गीत हो । यसैलाई लक्षित गरि विभिन्न स्रजकहरुले तीज गीतहरु बजारमा ल्याइ रहेका छन् यतिवेला ।

यसै मेसोमा सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि मिलापको प्रस्तुति रहेको तीज गीत ‘एतै घमाइलो उतै घमाइलो’ सार्वजनिक गरिएको हो ।

नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको कार्यक्रममा गीत निर्माणमा सहयोग पुर्याउँने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा घर्तीले गीतको तारिफ गर्दै उनले सबै महिलाकाहरुको नेतृत्व गर्दै जागरण सम्बन्धि तीज गीत साथै सन्देश मुलक तीज गीत ल्याएको बताइन । त्यस्तै नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम विडारी, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, बरिष्ठ कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, सङ्गीतकार राजु सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सञ्चारकर्मी राधिका अधिकारीले सहजीकरण गरेको कार्यक्रममा गीतकार गीता अधिकारीले आफूले पहिला पनि गीत, कविता लेख्दै आएको भए पनि आफ्नो यो पहिलो तीज गीत हो भन्दै सबैको साथ सहयोग पाउँनेमा आफू आशावादी रहेको बताइन् । कला, साहित्य र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको आयोजना मिलापले गरेको थियो ।

नेपालको पहिलो नायिका भुवन चन्द, नेपालको पहिलो रङ्गीन चलचित्रको नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरेलगायतकाको अभिनय रहेको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीतको भिडियो सार्वजनिक भएको हो ।

सारिका घिमिरेको स्वरमा रहेको गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट ‘विपिन’को छायाँकन÷सम्पादन रहेको छ ।

वल्र्ड कभर मिडिया प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार, गीता तामाङको केश सञ्जा रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।