आजदेखि नमस्ते झरनामा आगमन खुल्ला, यसरी गरियो सुरक्षा व्यबस्थापन…
धनकुटा खबर । पर्यटकीय स्थल नमस्ते झरनामा आजवाट पर्यटक आवागमन खुल्ला गरिएको छ ।
धनकुटाको सागुरीगढी गाउँपालिका सिम्सुवा स्थितको यस झरनामा पर्यटकहरुको सूरक्षालाई ध्यानमा राख्दै झरना क्षेत्र वरीपरी तारजाली लगाउने काम पूरा भएसँगै झरनामा आवागमन खुल्ला गरिएको हो ।
झरना क्षेत्र वरिपरी तारजाली लगाउने र झरना भन्दा माथिको जमिन तहवाट पनि ढुङ्गा नझरोस भन्ने लक्षका साथ विभिन्न जातका विरुवा रोप्ने काम गरिएको झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्वुले जानकारी दिनुभयो ।

यो काम जिल्ला समन्वय समितिवाट प्राप्त ६ लाख र त्यहाँका होटल व्यवसायीहरुवाट संकलित १ लाख गरी जम्मा ७ लाखको लागतमा गरिएको हो ।
सम्भवित जोखिम नियन्त्रण्का लागि तारजाली लगाउने र विरुवाहरु रोप्ने काम सकिएपछि वुधवार स्थानिय प्रसाशन, सागुरीगढीगाउँपालिकाका पदाधिकारी सहित सरोकारवालाको टोलिले स्थलगत निरिक्षण गरेपछि आजवाट पर्यटकहरुलाई झरना आवागमन खुल्ला गरिएको अध्यक्ष लिम्वुले वताउनुभयो ।

तस्विर जितेन्द्र रुम्दाली राईको सहयोगमा ।


