एभोकाडो जोन घोषणा गरेसँगै धनकुटामा एभोकाडो बिरुवाको माग बढ्यो, प्रतिगोटा कति ?

धनकुटा खबर । धनकुटा नगरपालिकाले धनकुटा नगरपालिकालाई एभोकाडो जोन घोषणा गरेसंगै धनकुटामा एभोकाडोको बिरुवाको माग बढेको छ ।

अघिल्लो बर्ष करिब १६ हजार बिरुवा मात्र बिक्रि भएको धनकुटा जोन घोषणा संगै नगरपालिका क्षेत्रवाट यो बर्ष करिब ४० हजार बिक्रि भएका छन् ।

यो करीब ६० लाख मुल्य वराबरको हो । अहिले धनकुटामा प्रति गोटा बिरुवा रु ५० देखि १ सय ५० सम्ममा बिक्री हुने गरेको छ । बि.स. २०४० सालमा पाख्रिवास कृषि अनुसन्धान केन्द्र स्थापना गर्न अनुसन्धानको लागि आएको ब्रिटिस टोलि संगै धनकुटा भित्रिएको एभोकाडो हाल आएर ब्यवसायीक खेति सुरु भएसंगै बिरुवाको माग बढेको हो ।

यो बर्ष जसोतसो माग धाने पनि आउदो बर्षको लागि बढि माग भएको धनकुटाका नर्षरी ब्यबसायी भरत गुरागाइ बताउनु हुन्छ ।

धनकुटावाट धनकुटा संग मिल्दोजुल्दो हावापानी भएका ३१ जिल्लामा बिरुवा गएको धनकुटा नगरपालिकाका कृषि सल्लाहकार कृषि बिज्ञ जिबन राइले जानकारी दिनुभयो ।

नेपालमा दशौं बर्ष एभोकाडो बेच्ने बजारको कमी नहुने भएकाले एभोकाडो खेती तर्फ किसान आकर्षित भईरहेको राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।