धनकुटाका अधिकांश स्थानमा बर्षा, किसान हर्षीत

धनकुटा । भदौको अन्तिम साता भएको बर्षाले किसानलाई राहत मिलेको छ ।

धनकुटाका अधिकांश स्थानमा बर्षा भए पछि हिउँदे बालि राम्रो हुने भएकाले यो बर्षाले ठुलो राहत भएको चौबिसे गाउँपालिकाका कृषक हर्कबहादुर लिम्बुले बताए । उनले भने सुक्न थालेको हिउँदे बालि भटमास, कोदो, सिवि, मास लगाएतको बालि लाई फाइदा भएको छ ।

छथरजोरपाटी गाउँपालिकाका अर्का किसान जीत बहादुर लिम्बुले भने बेलामा बर्षा नहुदा मकै उत्पादन आधा घट्यो तर यो समयको बर्षाले हिउदे बालि राम्रो हुन्छ भन्ने आश छ ।

यो बर्ष बर्षाले किसानलाई ठगि रहेपनि अहिले भने गुण गरेको लिम्बु बताउछन् । यो बर्षाले सिंचाई सुविधा नभएको र आकासे पानीको भरमा धान खेति गर्ने किसान लाई पनि राहत भएको किसान बताउछन् ।

धनकुटामा हिउँदमा ठाउँ अनुुसार तरकावालि, खाद्यन्य बालि, दलहन, तेलहन बालिको खेति हुने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।