जंगल र गाउँभरी लटरम्म फलेका सरिफा तर त्यसै खेर जान्छ !

धनकुटा खबर । धनकुटा नगरपालिका वडा नं. ८ स्थित टेकुनाला, थाक्ते, सान्ताङ्ग गाउँ र जंगल भरी भदौ लागेपछि जताततै सरिफा लटरम्म फलेका छन् ।

चमेरा, बाँदरले कति खान्छन्, कति बोटमा नै पाकेर भुईमा त्यसै झरेर खेर जान्छ । आफ्ना दैनिकीबाट अलिकति फूर्सद हुनेहरुले टिपेर बजारमा बेच्न पनि लान्छन् ।

धनकुटा नगरपालिका क्षेत्रमा बसोबास गर्ने आठपहरिया जातिहरु बसोबास गर्ने ठाउँहरुमा पाईने यो सरिफा फलको प्रसस्त सम्भावना भएपनि यसको ब्यसायीक खेती हुन सकेको छैन ।

यो फलको खेती गरेर बिभिन्न परिकार, वाईन जस्ता पेय पदार्थ बनाउन सकिने सम्भावना भएपनि यस तर्फ कसैको ध्यान गएको देखिंदैन । बाँदर, पशुपंक्षीले खाएर, मान्छेले बेचेर रहेको यो फल बजार सम्म पुग्न नसक्दा त्यसै बोटमा सुकेर गईरहेको छ ।

सरिफा प्रसस्त फल्ने भएपनि घरायसी र खेतबारीको कामले बेच्न लान नभ्याएको धनपा ८ थाक्तेका ६० बर्षिया मैतीरानी आठपहरिया बताउनु हुन्छ ।

उहाँका अनुसार अहिले उक्त क्षेत्रहरुमा सडक पुगेकाले २० देखि ३० रुपैंया किलो सम्म सरिफा बिक्ने गरेको छ । तर समय अभावमा समयमा टिपेर संकलन गर्न नसक्दा फलेको फल पनि बेच्न नसकेको मैतीरानीको भनाई छ ।

धनकुटा बजारमा खरिदारहरुले लिएर प्रति केजी ६० रुपैंया सम्म बेचेपनि यसको बजार प्रवद्र्धन हुन नसक्दा अधिकांश सरिफा बोटमा सुकेर,कुहिएर,बन्यजन्तुले खाएर खेर जाने गरेको वडा अध्यक्ष सुमन राईले जानकारी दिनुभयो ।

हाल जंगल र बारीको काल्लामा त्यसै उम्रेका बोटबाट पनि कतिपयले संकलन गरेर १० देखि १५ हजार सम्मको बेच्ने गरेको उहाँले जानकारी दिनुभयो ।

कडा खोल भित्र रहेको यो फल गुलियो हुने भएकोले यसबाट स्थानिय समुदायले रक्सी बनाएर प्रति बोतल २ देखि ३ सय सम्ममा बेच्ने गरेका छन् ।

संकलन गरेर नराखे सम्म जाडो समय शुरु भएपछि बोटमा नै सकेर जाने गरेको छ । यो फलको ब्ययसायीकरण हुन नसक्दा यसलाई जंगली फलका रुपमा नै चिनिने गरिन्छ ।

यसको ब्यसायीक खेती गर्न सके धनकुटा नगरपालिका वडा नं.७, ८ र ९ का किसानहरुको जीवन स्तर उठ्नमा मद्दत गर्ने देखिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।