परिवारको इच्छा बिपरीत राहुल शाह ! (भिडियो सहित)

इटहरी । निकै कडा प्रतिस्पर्धामा तछाड मछाड गर्दै आफुलाई सबै सामु परिचित गराउन सफल डान्सर तथा कोरियोग्राफर हुन् राहुल शाह ।

काठमाण्डौमा भाइब एण्ड वेभ डान्स नेपाल संचालन गरेर नृत्य विधामा भबिष्य खोज्नेहरुको सपनालाई साकार पारिरहेका राहुल आफ्नो पनि सपना साकार पार्न दिन रात खटिरहेका छन् । संघर्ष गरिरहेका उनले गायक दिपक ब्रजाचार्यको ‘मन मगन’ भिडियोको कभर भिडियो बनाएपछि निकै फ्यान बटुलेका छन ।

पछिल्लो समय युवापुस्ता तथा स-साना बालबालिका हरुमा नृत्य प्रतिको लगाब निकै पाउन सकिन्छ । त्यहि अनुरुप डान्स सेन्टरहरु पनि प्रसस्तै खुलेका छन् । विभिन्न डान्स क्रू तथा डान्सरहरुले य़ुटुबमा कभर नृत्य बनाएर प्रदर्शन गर्ने प्रचल पनि निकै आक्रमक पाउन सकिन्छ ।

निकै लामो समय सम्मको अथक प्रयास अनि मेहनत साथै नृत्य प्रतिको लागाब भएकै कारण आज सबै सामु परिचित हुन सफल भएका छन् राहुल । पछिल्लो समय उनले हेमन्त शर्माको ‘बरिखा’ गीतको भिडियो सार्बजनिक गरेपछि उनको चर्चाले झनै व्यापकता पाएको छ ।

उनले यो भिडियोलाई आफ्नो ड्रिम प्रोजेक्टको रुपमा लिएका छन् । हेर्नुस उनै राहुल संग गरिएको ताजा कुराकानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।