संरक्षणको पर्खाइमा सरस्वतीको मन्दिर !

धनकुटा । धनकुटाको छथरजोपाटी गाउँपालिको तेलिया प्राथमिक विद्यालयमा निमार्ण गरिएको सरस्वतीको मन्दिर संरक्षणको पर्खाइमा रहेको छ ।

स्थानिय समाजसेवी भोलानाथ घिमिरेको अगुवाईमा करिब आठ बर्ष पहिला निर्माण गरीएको मन्दिरमा केहि बर्ष सम्म दैनिक पुजा आजा रङ्ग रोगनको काम तथा मन्दिर बरपरको सरसफाई हुने गरेको थियो ।

यो मन्दिरमा सरस्वती पुजा, भजन, ब्रतबन्द का साथै स्थानियले अन्य अवसरमा पुजा आजा गर्ने गर्दथे तर अहिले त्यस्ता पुजा आजा हुन समेत छाडेको स्थानिय बासिन्दा बेगबहादुर थापा बताउछन् ।

उनि भन्छन,- सबैको सरसहयोगमा मन्दिर बन्यो गाउँमा धेरै घर थिए बेला बखत पुजा आजा हुन्थे तर अहिले गाउँपातलिदै गयो यसको संरक्षणमा अहिले सम्म कसैको चासो खासै गए जस्तो पाईदैन ।

यसरी गाउँघरमा निर्माण गरिएका यस्ता सार्बजनीक संरचनाको संरक्षणमा स्थानियसरकार र स्थानिय बासिन्दाले ध्यानदिनु पर्ने देखिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।