धनकुटाका किसान ब्यवसायिक बेसार खेति तर्फ आकर्षित
धनकुटा । धनकुटा सागुरिगढिका किसानहरु ब्यवसायिक बेसार खेति तर्फ आकर्षित भएका छन ।
सागुरिगढि ९ आहाले का किसान भगतसिंह राईले करिब १४ रोपनी जग्गामा ब्यवसायिक बेसार खेति गर्दै आउनु भएको छ। २०६३ साल देखि ब्यवसायिक रुप मै बेसार खेति गर्दै आउनु भएका राईले बार्षिक ५ लाख भन्दा बढि आम्दानी हुने गरेको वताउनुभयो।
भट्टीमा सुकाएको बेसार गाउ मै प्रति के जि रु ३ सय देखि साढे सम्ममा विक्रि हुने गरेको किसान राईको भनाई छ । त्यस्तै सोहि वडाका अर्का किसान रण बहादुर राईले पनि झण्डै ९ रोपनि क्षेत्रफलमा ब्यवसायिक बेसार खेति विस्तार गर्नु भएको छ । बेसार खेति भिरालो जमिन, भिर पाखा, सिचाई नपुगेको ठाउमा जस्तो ठाउमा पनि सजिलै गर्न सकिने किसान राईले बताउनुभयो।
सागुरिगढि गाउँपालिकाको ७,८, ९ र १० मा ब्यवसायिक बेसार खेति गर्ने किसानहरुको संख्या वृद्धि भईरहेको छ । परम्परागत रुपमा बेसार खेति गर्दै आएका किसाहरुले आगामी बर्षदेखि आधुनिक तरिकाले खेति सुरु गर्ने योजना रहेको जनाएकाछन् ।
उनीहरुले आहाले र महाभारत लाई बेसार खेतिको लागि पकेट क्षेत्र घोषणा गरि आर्थिक सहयोग गर्नका लागि प्रदेश सरकार समक्ष माग समेत गर्दै आएकाछन् ।


