दशैंमा कस्तो मासु खाने ? – यस्तो छ बरिष्ठ पशुचिकित्सक डा. विदुर गौतमको सुझाब…
धनकुटा । हिन्दुहरुको महानचार्ड बडादशै घरदैलोमा आई सकेको छ । दशैमा अरुबेला भन्दा बढीमात्रामा दैनिक उपभोग्य बस्तुको उपभोग बढी गर्ने चलन नै बसि सकेको छ त्यसमा पनि दशै भन्ने वितिकै मासुको कुरा आउनु स्वभाविक नै हो ।
कस्तो मासु खाने योग्य हुन्छ कस्तो मासु स्वाथ्यका लागि खराब हुन्छ भन्ने विषयमा केन्द्रित भई धनकुटा खबरका लागि सहकर्मी विकास घिमिरेले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका बरिष्ठ पशुचिकित्सक डा. विदुर गौतम संग गरेको कुराकानीको सम्पादीत अंश:
मासु खादा धेरै कुरामा ध्यान दिनु पर्दछ । सर्वप्रथम निरोगी पशुको मात्र बध गर्नु पर्दछ बध गर्नु पूर्व बोका, खसी, रागाँ लगायका पशु लाई २ देखि ३ दिन सम्म बद गर्न स्थानमा ल्याई सके पछि आराम गराउनु पर्दछ यसो गर्नाले पशु लाई ढुवानी गर्दा भएको तनाब कम हुनाको साथै ढुवानी गर्दा पशुमा आउन सक्ने ज्वरो, नाक बाट आउने रगत, सिगान निको हुने गर्दछ साथै पशुको बध गर्नु भन्दा अघि ८ देखि १२ घण्टा सम्म केहि पनि खाने कुरा हरु दिनु हुदैन खान दिएमा मासुको स्वछतामा असर पुग्नाको साथै मासुमा खाद्य पर्दाथ टासिने समस्या हुने गर्दछ ।
पशु लाई बध गरि सकेपछि त्यसको जीउँमा भएका रै लाई राम्ररी सफा गर्नु पर्दछ । त्यस पछि मासु काट्दा पनि विशेष ध्यान दिनु पर्दछ । मासुमा पानीका फोका, गिर्खा हुने हुदा यस्ता फोका फुट्ने, निचोरीने लगायतको समस्या हुने गर्दछ त्यस्ता फोका, गिर्खा लाई विशेष तरिकाबाट निकाल्नु पर्दछ कति पय ठाउँमा त्यसलाई पनि मासुमा मिसाउने चलन छ त्यसो गर्नु हुदैन् त्यस लाई जथाभाबी फाल्न वा कुकुर विरालो जस्ता जनावरलाई समेत खान नदिई खाल्डो खनि पुर्नु पर्दछ ।
त्यस्तै जुकाँ टासिएको मासु, छाला, बासो पनि मानब स्वाथ्यका लागि हानिकारक हुने हुदा त्यस्तो मासु पनि खान योग्य नहुने डा. गौतमको भनाई छ । मासु लाई आर्कषक देखाउनका लागि विभिन्न हानिकारक रङ्गको प्रयोग गर्नु हुदैन यसले स्वाथ्यमा असर गर्दछ त्यसको सट्टामा शुद्ध तेल र बेसार देले राम्रो हुन्छ ।
मासु राख्दा फ्रिजमा राख्नु पर्दछ सुकुटी बनाएर पनि मासु राख्न सकिन्छ तर त्यसो गर्दा सरसफाईमा भने ज्यादै ध्यान दिनु पर्दछ । तापक्रम मिलाएर फ्रिजमा राखेको मासु भने लामो समय सम्म प्रयोग गर्न सकिन्छ ।
सफा, ताजा,र सुरक्षित तरिका बाट प्रशोधन अर्थात तयार गरिएको मात्र मासु खानु पर्दछ । मासु पकाउदा समेत चिल्लो र राम्रो देखाउनका लागि हानिकारक मसला र अन्य बस्तुको प्रयोग गर्न नहुने डा. गौतम सुझाब दिनु हुन्छ ।


