धनकुटामा पनि भित्राईयो फूलपाती ! (फोटो फिचर सहित)
धनकुटा । हरेक बर्ष झै धनकुटामा आज सतमीको दिन धनकुटाको दशै घरमा फूलपाति भित्राईएको छ ।
परम्परा अनुसार गोरखाबाट काठमाण्डौं हनुमानढोकाको दशै घरमा फूलपाती भित्राउने चलन झै धनकुटामा पनि भित्राईएको हो । यसरी नै धनकुटामा पनि धनकुटा वडा नं. ५ को बालमन्दिरबाट ल्याएको फूलपाती धनपा वडा नं. ६ मा रहेको निशान भगवती मन्दिरमा रहेको दशै घरमा फूलपाती भित्राईएको छ ।
बिहान ६ बजेर ५४ मिनेटको साईतमा नेपाली सेना, शस्स्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयका जवानहरुले टुंडिखेलमा फूलपाती बडाई गरिएको थियो । सल्लेरी ब्यारेक धनकुटाका गणपति यूवराज केसीको अगुवाईमा गरिएको बडाई तथा सलामी पछि बिहान ७ बजे दशै घरमा फूलपाती भित्राईएको थियो ।





