कुरुलेस्थित क्लवको आर्थिक प्रतिवेदन सार्वजनिक
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका कुरुले तेनुपाको साईनिङ स्र्पोटिङ फुटवल क्लवले आज आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
क्लवका अध्यक्ष कुमार मगरको अध्यक्षता तथा चौविसे गाउँपालिका ४ नं वडा सदस्य जस वहादुर मगरको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच क्लवले आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
सार्वजनिक प्रतिवेदन अनुसार क्लवले ४ वर्षको अवधिमा २ लाख १८ हजार ८ सय ७ रुंपैया जम्ाम आम्दानी, १ लाख ४० हजार ६ सय २५ रुपयाँ खर्च र हाल १ लाख १८ हजार १ सय ८२ रुपयाँ क्लवको कोषमा जम्मा रहेको छ ।
यो प्रतिवेदन क्लवका संयोजक पदम आलेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई समाज कल्याण युवा क्लवले सामुहिक नृत्य प्रदर्शन गरी मनोरञ्जन दिएको थियो । भने अभिभावकहरु वीच बाल्टिमा वल खसाल्ने, महिलाहरुका लागि तातो आलु र वालवालिकाहरुका लागि भित्र वाहिर खेल खेलाईएको थियो ।
कार्यक्रमकै अवसरमा क्लवलाई विभिन्न कोणवाट सहयोग पुर्याउने संघ संस्थालाई कदर पत्र प्रदान गरी कार्यक्रमका प्रमुख अतिथिले सम्मान गर्नुभएको थियो ।


