शहिदको सम्झनामा फुटबल, सागुरीगढीस्थित क्लबको जीत !
धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिका १ सफाईधापमा सञ्चालित छैटौ छिन्ताङ शहिद स्मृतीकप फुटवल प्रतियोगिताको जीत पोक्ला युवा क्लव सागुरीगढी ८ ले हात पारेको छ ।
आज भएको फाईनल खेलमा अजम्वरी युवा क्लव सागुरीगढी ७ फेदी सँग भीडेको उसले ट्राईव्रकरमा ५ को विरुद्ध ६ गोल हान्दै जीत निकालेको हो ।
प्रतियोगिताको शूरुवातदेखी नै १ गोलको अग्रता लिएको अजम्वरीलाई अन्तिम समयमा पोक्लाले पनि गोल हान्दै खेल पेनाल्टि सुटआउटमा धकेलेको थियो । त्यसपछि उसले पेनाल्टि सुटआउटवाटै ५-६ को जीत हात पारेको हो ।
जीत संगै उसले नगद ६५ हजार ५ सय ६५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोश्रो स्थानमा चित्त वुझाएको अजम्वरीले नगद ३० हजार १ सय २० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको आयोजक क्लवका सल्लाहकार तथा प्रतियोगिताका संयोजक भक्त वहादुर खड्काले जानकारी दिनुभयो ।

२०३६ सालमा छिन्ताङ् हत्याकाण्डमा शहाद्त प्राप्त गरेका शहिदहरुको सम्झनामा हरेक वर्ष मितेरी युवा क्लवको आयोजनामा हुदैआएको यो प्रतियोगिता गत कार्तिक ११ गतेदेखी शूरु भएको थियो । प्रतियोगितामा धनकुटाको शहिदभूमि गाउँपालिका, सागुरीगढी गाउँपालिका, धरान, ईटहरी र पथरी मोरङ सहितका ३७ टिमको सहभागीता थियो ।
प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा साँषद निरन राईले सरकारी तवरवाट प्रतियोगितालाई स्वामित्व ग्रहण गर्दै सक्षम खेलाडी उत्पादन गर्न प्रदेश सरकारसँग पहल गर्ने वताउनुभयो ।
उहाँले सफार्यधापको खेलमैदानलाई पूर्ण आकारको खेल मैदानको रुपमा स्तरोन्नती गर्न चालु आर्थिक वर्ष मै प्रदेश सरकारवाट ८ लाख रुपया विनियोजन गरेको जानकारी गराउनुभयो । कार्यक्रममा शहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, पौवादुम्मा गाउँपालिका भोजपुरका अध्यक्ष किरण राई लगायतको उपस्थिती थियो ।


