अब धनकुटामा पत्रकार सम्मेलन गर्न पैसा तिनुपर्ने, यस्तो छ कारण…
धनकुटा खबर । अनावश्यक बिषयमा पत्रकार सम्मेलन गरेर दुःख दिने प्रवृति बढेपछि यसलाई न्यूनिकरण गर्न पत्रकार महासंघ धनकुटाले शुल्क तोकेको छ ।
पत्रकार सम्मेलन गरेर, समय कटाउने, एक पक्षले अर्को पक्षलाई धम्क्याउने, पत्रकारहरुलाई प्रयोग गरेर आफ्नो स्वार्थ पुर्ति गर्ने जस्ता समस्या देखिएको महासंघको सोमबार बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
यसको समस्या समधान गर्न पत्रकार महासंघ धनकुटाको सभा हलमा पत्रकार सम्मेलन गर्ने ब्यक्ति तथा संस्थाहरुलाई न्युनतम २ हजार लिने निर्णय भएको अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

तर असाहय,अपांगता, भएका ब्यक्ति र पत्रकार र पेशागत पत्रकार संगठनहरुलाई निःशुल्क सेवा दिईने छ । जसमा पत्रकार संगठनहरुले आफ्नै संगठन निकट पत्रकार सम्मेलन गर्दा निःशुल्क भएपनि संगठन निकट दलहरुको हकमा भने शुल्क लाग्ने छ ।
रकम लिएर पत्रकार सम्मेलन गरेपछि राष्ट्रिय सन्चारमा बाहेक स्थानिय सन्चारमा समचार प्रकाशन, प्रसारण र पत्रकार उपस्थितिको जिम्मा महासंघले जिम्मा लिने बैठकले निर्णय गरेको छ ।
बिभिन्न ६ वटा निर्णय गरेको महासंघले जिल्लाका समसामयिक बिषयमा थानिय राजनैतिक दल, सामाजिक संघ, संस्था वा ब्यक्तिहरुलाई राखेर अन्तर संवाद बहस कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको छ ।
यस कार्यक्रमको लागि अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठको संयोजक तथा महासंघका सचिव सदस्य सचिव रहनेगरी धनकुटामा सन्चालित रेडियोले तोकेको ब्यक्ति सदस्य सहित ९ सदस्यीय समिति गठन गरिएको छ ।


