थाइलेण्डबाट ल्याईएको फूलले ढकमक्क ढाकेको धनकुटाको यी गाऊँ, फूलबाटै मनग्गै आम्दानी (भिडियो सहित)
धनकुटा । धनकुटाको पात्ले गाउँ ढकमक्क फुलेको सयपत्री र मखमली फुलले यतिबेला पहेलपुर देखिएको छ । यहाँका हरेक घरधुरीले सयपत्री फुलको व्यवसायिक खेती गरेका छन् । यो खेतिबाट करोडौको आम्दानी गर्ने उनीहरुको लक्ष्य छ ।
सयपत्री फुलको व्यवसायिक खेती गर्ने लहर चलेसँगै धनकुटा नगरपालिका वडा नं. ३ का पात्ले, निगाले सेउले लगायत गाउ ढकमक्क फुलेको फुलले यतिबेला पहेलपुर देखिएको छ ।

तिहारको बेला सबैभन्दा बढी प्रयोग हुने सयपत्री, मखमली, गोदावरी लगायत फुलको व्यवसायीक खेती गरेर यस वडाका किसानले मनग्य आम्दानी लिइरहेका छन् । यहाका दुई सय भन्दा बढी घरधुरीले सयपत्री, मखमली र गोदावरी फुलको व्यवसायिक खेती गरेका छन् । कम लगानीमा वढी आम्दानी हुने भएकाले हरेक घरधुरीले न्यूनतम १ रोपनी देखि १० रोपनी क्षेत्रफलमा फुलको खेती गरेका छन् । धनकुटा ३ सित्तिङका किसान रमेश घिमिरे ।
फुलको व्यवसायिक खेतीलाई विस्तार तथा प्रोत्साहन गर्न ३ नं वडाकार्यालयले थाइलेण्डबाट फुलको विउ झिकाई किसानलाई ७५ प्रतिसत अनुदानमा उन्नत जातको विउ उपलब्ध गराएको छ भने यस सम्बन्धि तालिम समेत दिएको वडाध्यक्ष विकास घिमिरेले बताउनुभयो ।
अन्न र तरकारी बाली नहुने भिरालो जमीनमा पनि फुल मनग्गै उत्पादन भएको छ । यो गाउबाटबात्रै १ करोड बराबरको सयपत्री र मखमली फुलको कारोबार हुने अनुमान गरिएको छ । धनकुटामा उत्पादित फुलको मुख्य बजार धरान,इटहरी ,विराटनगर लगायतका बजार हुन ।


