‘नेपाल आईडल’ वा ‘भ्वाईस अफ नेपाल’को तयारीमा नायकका छोरा !, हेर्नुहोस सौजन्यको जादुमयी स्वर (भिडियो सहित)
ईटहरी । नेपाली संगीत आकाशमा नया प्रतिभा उदाउने शृंखला पछिल्लो समय निकै बढेको छ । झनै युट्युब त यसको निकै ठुलो उदाहरण हो भन्न सकिन्छ ।
नयाँ प्रतिभाको लागि यतिबेला युट्युब निकै ठुलो प्लेटफर्म बन्न पुगेको छ । यस्तैमा एउटा राम्रो ठाउ पाउने बाल गायक मिडियामा आएका छन् । सुमधुर स्वरका धनि सौजन्य पौडेल सुनसरी ईटरिका हुन् । कक्षा ९ मा अध्ययनरत सौजन्य पढाईमा पनि निकै सिपालु छन् ।
अझ रमाईलो पक्ष त के भने उनको बुवा मोडल तथा नायक पनि हुन् । बुवा माधब केसी ले अभिनय गरेको पछिल्लो नेपालि फिल्म धुम ३ हो । यसअघि माधवले करिब दर्जन फिल्ममा अभिनय गरेका छन् भने थुप्रै म्युजिक भिडियोमा पनि उनि देखिएका छन् ।

आफु लागेको कला लाईनको बाटोमा छोरा हिड्न कोसिष गरेकोमा माधब दङ्ग छन् । उता छोरा सौजन्य आफु ठुलो भएपछी पनि गायककै रुपमा स्थापित हुने बताउछन । हेर्नुस उनको गायन प्रतिभा समेटिएको भिडियो कुराकानी – नेपाल आईडल वा भ्वाईस अफ नेपालको तयारीमा नायकको छोरा ! हेर्नुहोस सौजन्यको जादुमयी स्वर


