एन्टीबायोटिक औषधिको अत्यधिक प्रयोग रोक्न सरकारले कार्ययोजना बनाउने

काठमाडौं । जथाभावी औषधिको प्रयोग बढ्दै गएको छ । अत्यधिक ‘एन्टीबायोटिक’ प्रयोगले मानिसको स्वास्थ्यमा प्रतिरोधात्मक क्षमतालाई ह्रास बनाउँदै गएको एक तथ्यांकले देखाएको छ । विश्वव्यापी रुपमा गरिएको अध्ययनले ८० वर्षअघि प्रयोग भएका ‘एन्टीबायोटिक’ औषधि अहिले काम गर्ने अवस्थामा छैनन् । त्यसैले पनि सरकारले जथाभावी एन्टिबायोटिकको प्रयोगमा निरुत्साहित गर्ने योजना अघि सारेको छ ।

विश्वभर एन्टीबायोटिक औषधिको क्षमतामा ह्रास उत्पन्न भएको निष्कर्ष निकालिएको छ । सन् १९९५ सम्म मानव स्वास्थ्यमा राम्रोसँग काम गरेका एन्टीबायोटिक औषधिले हिजो–आज खासै काम गर्न छाडेका छन् । अस्पतालका ‘ओपीडी’ले दैनिक ८० प्रतिशतसम्म एन्टिबायोटिक औषधि सिफारिस गर्ने गरेको भेटिएको छ । जब ओपीडीमा आउने विरामीमध्ये २५ देखि ३० प्रतिशतलाई मात्र सिफारिस गरिनुपर्ने चिकित्सकीय मान्यता छ ।

स्वास्थ्य मन्त्रालय पनि एन्टिबायोटिकको अत्यधिक प्रयोगमा चिन्तित देखिन्छ । आवश्यकता विना नै एन्टिबायोटिक प्रयोगले मानिसको स्वास्थ्यलाई कमजोर बनाउँदै लैजाने स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ ।

एन्टीबायोटिकको अनावश्यक प्रयोगले जोखिम निम्त्याएको र प्रतिरोधी क्षमतामा ह्रास ल्याउँदै आएको छ । एन्टीबायोटिकको अत्यधिक प्रयोगमा कमी ल्याउन सचेतना कार्यक्रम ल्याउने सरकारी तयारी छ । सचेतना कार्यक्रमलाई राष्ट्रिय कार्ययोजनामै समावेश गर्ने स्वास्थ्य मन्त्रालयको तयारी रहेको छ ।

चिकित्सकहरुले कडा मात्रै होइन, तीनवटासम्म एन्टिबायोटिक चलाउने गरेकोसम्म भेटिएको छ । त्यस्तै चिकित्सकको सिफारिस बिनै आफूखुशी औषधि किनेर खानेहरुको पनि कमि छैन् । यसरी औषधीको जथाभाबी र अत्यधिक प्रयोगले अहिलेका एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएका छन् । न्यूज२४ नेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।