रग्बी फेस्टिभल एण्ड लाइभ म्युजिकमा २ दर्जन बढी कलाकार एकै मञ्चमा

काठमाण्डौं । रग्बी वर्ल्ड कप टुर – नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्युजिकु कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको उक्त कार्यक्रम मङ्सिर २२ गते शनिवार टुँडिखेलमा हुनेछ । शो कार्यक्रममा वोर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ ।

सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ । उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना, लाउरेु, नितेश जंग कुवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुती राख्नेछन् ।

कमेडियन नायक सन्दिप क्षेत्री र शुभेक्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजे देखी साँझ ७ बजे सम्म हुनेछ । कार्यक्रम स्थलमा स्टल राख्न चाहनेहरुका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको आयोजकले बताएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।