अमित बराल र पुष्पन प्रधानको यस्तो दमदार प्रस्तुतिले सारा दर्शकलाई रुवायो – हेर्नुहोस् भिडियो
काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले चलिरहेको छ । एपिवान टेलिभिजनमा संचालन भएको उक्त कार्यक्रमको दोश्रो शृङ्खला पनि सोही टेलिभिजनबाट भइरहेको हो।
अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुई दिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।

यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।
हिजोको नेपाल आइडलमा सात जना प्रतिस्पर्धीले आफ्नो प्रस्तुती दिएका थिए । जसमध्य प्रतिस्पर्धी अमित बरालले पनि धेरै राम्रो प्रस्तुति दिए । उनलाइ हिजोको नेपाल आइडलमा साथ दिन गायक पुष्पन प्रधान आएका थिए । हेर्नुहोस, नेपाल आइडलमा अमित बराल र पुष्पन प्रधानले यसरी गीत गाएर सारा दर्शकलाई रुवाए
https://youtu.be/8bYhm5OrdYY


