लिसिम्वु कृषी सहकारी संस्था पाख्रीवासले मनायो छैटौ वार्षिकोत्सव !
धनकुटा । धकुटाको पाख्रीवास नगपालिका वडा नं ९ लिसिम्वु कृषी सहकारी संस्थाको आज आफ्नो छैटौ वार्षिकोत्सव मनाएको छ ।
संस्थाका अध्यक्ष ख्यामराज घिसिङको अध्यक्षता तथा ९ नं वडाध्यक्ष चन्द्रलाल तामाङको प्रमुख आतिथ्यमा सञ्चालित साधारणसभामा लेखा समितिका संयोजक वलेन्द्र ठाडा मगरले आर्थिक वर्ष २०७४र७५ को १० लाख ९२ हजार ९ सय ८ रुपयाँ ७६ पैसा वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
साधारणसभामा संस्थाका अध्यक्ष घिसिङले आगामी दिनमा दुध व्यवसायवाहेक अन्य कृषी उपज संकलन एवम् वजारीकरण गर्ने, संस्थामा दिनानुदिन दुध आपूर्ति वृद्धीभएकोले दुध विक्रिका लागि नयाँ डेरी उद्योगको सम्भाव्य अध्ययन र योजना थालनी गरिने, शेयर कृषकहरुका लागि आर्थिक वृद्धी गर्न आवश्यक्तअनुसार ऋणको व्यवस्था मिलाउने, दुध ढुवानी गर्न संस्थाको तर्फवाट सवारी साधन खरिद गर्न आवश्यक पूँजीको व्यवस्था गर्ने लगायतका योजना रहेको जानकारी गराउनुभयो ।

साधारणसभालाई सम्वोधन गर्दै वडाध्यक्ष तामाङले सहकारीलाई अघि वढाउनका लागि वडाले विशेष कार्यक्रमको व्यवस्था गर्ने वताउनुभयो । सहकारी मार्फत नै देशको विकास हुने भएकोले सवै कृषक सहकारीमा आवद्ध हुन जरुरी रहेको वताउनुभयो । त्यस्तै कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघका लेखा संयोजक पूण्य प्रसाद खतिवडाले सहकारीको लेखा परिक्षण व्यवस्थित तथा चुस्त दुरुस्त राख्न सुझाव दिनुभयो ।
सहकारीको मेरुदण्ड नै लेखा भएकोले समय समयमा निरिक्षण समेत गर्नुपर्ने र कर्मचारीलाई यस विषयमा तालिम समेत दिनुपर्ने वताउनुभयो । साधारणसभामा पाख्रवास नगपालिकाका पशु शाखा कार्यलयका गोरख वहादुर तामाङ, सहायक कृषी शाखा प्रमुख टेक वहादुर कार्की,अरुण कृषी सहकारी संस्थाका अध्यक्ष गजेन्द्र राना, वालशिक्षा प्राविका प्रधानाध्यापक झमेली शन्त लगायतकाले मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गणेश मस्रांगीले राख्नुभएको थियो भने सञ्चालन व्यवस्थापक मजेन्द्र घिसिङले गर्नुभएको थियो । साधारणसभामा २०६९ देखी २०७५ भदौ सम्म ऋण उपसमितिको सचिव पदमा रही संस्थाको विधान अनुसार ईमान्दारी पूर्वक कार्य गरेको भन्दै पहलमान घिसिङलाई प्रसंशा पत्र र करुवा दिएर सम्मान गरिएको छ ।


