पुरुष भन्दा महिलामा बढी मुत्ररोग, श्रीमान-श्रीमती वीच सम्पर्क नहुँदा पनि पिसाबको समस्या हुन सक्छ : डा रौनियार (भिडियो सहित)

डा. दीपक रौनियार युरोलोजिस्टको रुपमा बिगत दुई दशकभन्दा बढी समयदेखि सेवारत रहेका छन्। पिसाबको विभिन्न समस्या लिएर उनीकहाँ पुग्ने बिरामीहरुलाई उनी उपचार त गर्छन नै त्योभन्दा पहिला उनी बिरामीलाई काउन्सिलिंग गर्छन। प्रत्येक बिरामीसंग उनी अत्यन्त मित्रवत व्यवहार गर्ने हुनाले बिरामीहरु उनीसंग निर्धक्क भएर आफ्नो समस्या राख्ने गरेका छन्। वास्तबमा पिसाबको के कस्तो समस्या हुन्छ ? मुत्र रोग भनेर के लाई भनिन्छ ? यो रोग लागेपछि यसको निदान के हुन सक्छ ? भन्ने सन्दर्भमा डा. दीपक रौनियारसंग स्वदेश नेपालका प्रधान सम्पादक इन्द्रकुमार श्रेष्ठ सरितले गरेको कुराकानी।

डा. रौनियारको भनाइ अनुसार पिसाबको समस्या महिला, पुरुष र बालबालिकाहरुमा पनि पाइन्छ। बिशेषत: विद्यालय जान गाडी प्रयोग गर्ने बच्चाहरुले सानै उमेरदेखि पिसाब रोक्ने गर्नाले पछी गएर उनीहरुमा पिसाबको समस्या देखिन सक्छ।

पिसाबको समस्या भन्नाले छिटो, छिटो पिसाब लाग्ने, गनाउने पिसाब आउने, पिसाब फेर्दा फिँज देखा पर्ने , छिटो छिटो पिसाब आए तापनि पिसाब ननिख्रिने र राति पटक पटक पिसाब लाग्ने गर्दा मानिसको निद्रा पूरा नहुने हुँदा त्यस्ता व्यक्तिहरुमा चिडचिडापनको समस्या पनि देखिन सक्छ. एउटा व्यक्तिमा पिसाबको समस्या देखिएमा श्रीमान वा श्रीमती दुबैले चिकित्सकको परामर्श अनुसार उपचार गरेको राम्रो हुन्छ। किनकि पिसाबको इन्फेक्सन एकबाट अर्कोमा सर्ने सम्भावना हुन्छ।

लामो समयसम्म श्रीमान र श्रीमती बिचमा सहवाश नहुँदा पनि पिसाबको समस्या हुन सक्छ। विशेष गरीर बैदेशिक रोजगारीमा गएका परिवारका बिचमा यो समस्या बढी हुने गर्छ। उपचारका लागि सबै भन्दा पहिला प्रोस्टेट ग्ल्यांडको जांच गर्नु पर्ने हुन्छ, त्यसपछि भिडियो एक्सरे, थेरापी , औसधी सेवन, एक्सरसाइज र अन्तिम विकल्पमा शल्य चिकित्सा रहेको हुन्छ।

पिसाबको समस्याको निदानका लागि नेपालीहरु पनि विदेशमा गएर समेत थेरापी गराउंदै आएका छन्। तर लाइफ इन्टरनेसनल क्लिनिक मार्फत यो सेवा र सुबिधा डा. दीपक रौनियारले अत्यन्त सुलभ शुल्कमा प्रदानगर्दै आएका छन्। कुराकानीका क्रममा डा. रौनियार महिला तथा पुरुष सबैलाई अनुरोध गर्छन- कृपया, खुकुलो लुगा लगाउने बानी गरौँ। टाइट लुगा त्यसमा पनि जिन्स र कटराइजका लुगा पिसाबको समस्या हुनेहरुका लागि टाइट लुगा त एटम बम नै हो। डाक्टर रौनियारसंगको कुराकानीको भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।