जानिराखौं !, अकुपन्चर पद्धतीले यति धेरै रोगहरु निको हुन्छन्… (भिडियो सहित)

मनिषा थापा, भक्तपुर । छ हजार वर्ष देखि प्रयोग हुँदै आएको अकुपन्चर पद्दति एक चिनियाँ उपचार पद्दति हो। यस पद्दतिको सिद्दान्त मेरिडियन अर्थात शरीरको उर्जा बिन्दुसँग सम्बन्धित छ। यो उर्जालाई ‘छि’ भनिन्छ।

यदि हाम्रो शरीर स्वस्थ्य र सन्तुलित छ भने छि शरीरको सबै च्यानलबाट जान्छ। शरीरको शक्ति वा इनर्जी ब्यालेन्समा छैन भने अकुपन्चरले ब्यालेन्समा ल्याउने काम गर्छ।

अकुपन्चर पद्दतिमा सबै भन्दा पहिले बिरामीको दुखाइ वा रोग र इनर्जी च्यानललाई ध्यान राखेर शरीरको पोइन्टलाई चुनिन्छ र पोइन्ट चुनिसके पछि त्यसलाई इन्फेक्सन नहोस भनेर स्पिरिटले सफा गरिन्छ। साथै विशेष प्रकारको सुई तालिम प्राप्त प्रावधिकले त्यो पोइन्टमा लगाउँछन् जसकारण बिरामीलाई कुनै पनि प्रकारको दुखाईको महसुस नै हुँदैन।

सुई लगाए पछि शरीरको इनर्जी लेभल ब्यालेन्समा आउछ र रोग निको हुँदै जान्छ। वैज्ञानिक तरिकाले हेर्ने हो भने सुइले शरीरमा इन्डोर्फिन उत्पादन गर्छ जुन एक प्रकारको न्युरो ट्रान्समिटर हो जसले शरीरमा शान्ति दिन्छ र दुखाई कम गर्ने पेन किलरको रुपमा काम गर्छ।

अकुपन्चर पद्दतिले उपचार गर्दा कुनै प्रकारको दुखाई हुँदैन। यस पद्दतिबाट उपचार गर्दा सुई मेन च्यानल पत्ता लगाई पोइन्टमा घोचिने भएकोले धेरैले यो पिडादाई हुन्छ भनेर सोच्छन्।

तर वास्तवमा यस्तो हुँदैन। यदी दुखाई भए पनि यो उपचार गर्ने व्यक्तिको कार्य कौसलता, दक्षता र सिकाईको कारणले हुने गर्दछ। त्यसैले दुखाई हुन्छ भनेर आफ्नो उपचार नै रोक्नु भएको छ भने दक्ष अकुपंचारिस्टबाट उपचार गर्न हवाई इन्टरनेसनल हस्पिटलमा नै सम्पर्क गर्नुहोस्।

अकुपन्चर पद्दतिले ठिक हुने रोगहरुको कुरा गर्नु पर्दा यस पद्दति मार्फत निद्रा नलाग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, कान बज्ने, रूघा लाग्ने, पिनास, दम, छाती र घाँटी सम्बन्धी रोग विभिन्न पेट सम्बन्धी रोग, कब्जियत, पखला लाग्ने, पिसाब गरेको थाहा नहुने, उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु सम्बन्धी रोग, पक्षघात, काम्ने रोग, मुख वाङ्गो हुने आँखा परफराउने, घाँटी सम्बन्धी रोग, कुम दुख्ने, ढाड दुख्ने, जोड्नी सम्बन्धी रोग, प्यारालाइसीस साथै अन्य रोगहरुको उपचार हुन्छ।

गर्वाधारण गरेको महिला र क्यान्सर रोगि साथै गम्भीर प्रकारको इन्फेक्सन भएको व्यक्ति बाहेक सानासाना बच्चा देखि ९० वर्षको वृद्ध सम्मले अकुपन्चर पद्दतिबाट उपचार गराउन सक्छन्।

महँगो उपचारको क्रममा तनाव ग्रस्त भएर दौडधुप गर्नु भन्दा बेलैमा बुद्धि पुर्याएर अकुपन्चर पद्दतिबाट बिना दुखाई उपचार गर्न मित्रपार्क, चाबहिल, काठमाडौँमा रहेको हवाई इन्टरनेसनल हस्पिटललाई सम्झिनुहोस । हेर्नुहोस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।