शैक्षिक गुणस्तर वृद्धीमा जोड

धनकुटा खबर । प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले शैक्षिक गुणस्तर वृद्धीमा जोड दिनुभएको छ ।

श्रीमान टंक माविको आज सम्पन्न ६५ औ वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै उहाँले गुणस्तरिय शिक्षा प्रति उहाँले जोड दिनुभएको हो ।

प्रदेश सांषद पराजुलीले शैक्षिक गुणस्तर वृद्धी गर्न विद्यालयलाई सुझाव दिदै आफुले आवश्यक सहयोग गर्ने वताउनुभयो । धनकुटा नगरपालिका भीरगाउँ स्थितको यस विद्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल तामाङ्को अध्यक्षतमा सञ्चालित एक कार्यक्रमको वीच वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले नर्सरी देखी ५ कक्षा सम्मका विद्यार्थीहरुलाई १ सय ३८ वटा स्वेटर वितरण गरेको छ । उनिहरुलाई वितरण गरिएको स्वेटर २ नं वडा कार्यलय,अक्षकोषदाता हर्क वहादुर परियार,सिता घिसिङ,फत्त वहादुर घिसिङ,सूरेन्द्र तामाङ र घनाश्याम थापाले सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा प्रावि तहका शिक्षक सरोज दाहाल र पञ्चमाया तामाङ निमावि तहका नारायण प्रसाद गुरागाई र मावि तहका नर वहादुर विश्वकर्मा लाई सम्मान गरिएको थियो । त्यस्तै विद्यार्थीहरु वीच स्वेटर दौड, हिसाव दौड, मेमोरी टेष्ट र फुटवल खेल खेलाईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले जानकारी दिनुभयो । प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई प्रशंसा पत्र सहित कपी पुरस्कार प्रदान गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।