डुम्रेमा ट्याक्टर पल्टियो, एकको मृत्यु
धनकुटा खबर । साँगुरीगढी गाउँपालिका–३ डुम्रेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
धरानवाट पाँचथर जाँदै गरेको को २ त ७८५३ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदाँ चालक संजीव पासवानको मृत्यु भएको हो । सिराहा करजना नगरपालिका–५ ठेगाना भएका ३५ बर्षीय पासवानको घटनास्थलमा नै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान दिपक खड्काले बताए ।
धरानबाट डिजेल र प्लाइ सामाग्री वोकेर पाँचथर जाँदै सो ट्याक्टर अनियन्त्रित हुँदा सडकबाट करिव ४० मिटर तल झरेको थियो ।


