धनकुटामा धार्मिक महोत्सव सुरु
धनकुटा खबर, १ माघ । धनकुटामा आज बाट श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सव सुरु भएको छ ।
असहाय र असक्तको लागि योगदान, समाज परिवर्तनको लागि महापुराण भन्ने मुल नाराका साथ श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरको १०८ राष्ट्रव्यापी महापुराण अभियान अन्र्तगत १०२ औ महापुराण आजबाट धनकुटाको नर्वदेश्वर शिवालय मन्दिरमा सुरु भएको हो ।
कार्यक्रमा बोल्दै प्रमुख अतिथी धनकुटा नगरपालिका मेयर चिन्तन तामाङ्गले सबै धर्मको सम्मान गर्नु पर्ने बताउदै धनकुटामा भएको श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सवले कुनै एक पक्ष लाई भन्दा पनी सिंगो धनकुटा र धनकुटा बासिका लागि सुखद पक्ष रहेको बताए ।

उद्घाटन कार्यक्रमा वोल्दै भागव रसिक श्री अरविन्द शास्त्रीले म भन्दा पनि हाम्रो भन्ने भावनाले अघि बढे श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सव सफल हुने बताए ।
मुल व्यावस्थापन समितीका संयोजक टिका प्रसाद घिमिरेले सबै क्षेत्र र पक्षको सहयोगले महोत्सव सफल हुने विश्वास लिएको बताउदै यस्ता कार्यक्रमले धार्मिक सहिसुणता कायम राख्न मदत पुग्ने बताए ।
कार्यक्रमा कथा वाचन एबं राष्ट्रिय कलाकारहरुद्धरा भजनका साथै एकै पटक २७ जना ब्राह्मणबाट कथा वाचन हुने र यस कार्यक्रम संकलन भएको नगद , जिन्सी कार्यक्रमको खर्च कटाएर धर्मशाला निमार्ण, विवाह मण्डप, सभाहल निर्माण खाद्यन्य लाई भने बृद्धिश्रम र अनाथलय लाई हस्तान्तरण गरीने व्यावस्थापन समितीले जानकारी दिएको छ । आजबाट सुरु भएको महोत्सव माघ ९ गते सम्पन्न हुने छ ।


