शहीद दिवसको अवसरमा धनकुटामा बुद्धिचाल

धनकुटा खबर । शहीद दिवसको अवसरमा धनकुटा शहीद स्मृती प्रतिष्ठानले धनकुटामा बुद्धिचाल (चेस) प्रतियोगिता र शहीदहरुको योगदान विषयक विचार गोष्ठीको आयोजना गर्ने आज जनाएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटको संचार केन्द्र हलमा संचालन गरिने खुल्ला बुद्धिचाल प्रतियोगिताको शहीद दिवस माघ १६ गते उद्घाटन हुने र शहीदहरुको योगदान विषयक गोष्ठी समेत संचालन गरिने धनकुटा शहीद स्मृती प्रतिष्ठानका उपाध्यक्ष तथा शहीद डगल सिंह लिम्बुका पुत्र कृष्ण गोविन्द्र चेम्जोङ्गले वताउनु भयो ।

शहीदहरुले राष्ट र जनताको लागी आफ्ना ज्यान बलिदान दिएता पनि अहिले शहीहरुलाई बिर्सदै गएकोले शहीदहरुको सम्मान र सम्झनामा शहीद दिवसमो शहीदको योगदान विषयक विचार गोष्ठी र बुद्धिचाल प्रतियोगिताको आयोजना गरिएको र उक्त कार्यक्रमको संयोजक धनकुटा शहिद प्रतिष्ठानका सदस्य तथा शहीद भीम नारायण श्रेष्ठका नाती बिमर्शमान अमात्य रहनु भएको सो प्रतिष्ठानका महासचिव विजय सन्तोषी राईले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।