धनकुटाका युवा नेता तथा कलाकारले ल्याए यस्तो गीत – हेर्नुस् भिडियो सहित

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका वडा नं ५ वोधेका युवा नेता तथा कलाकार आधुनिक देवानको पहिलो पटक ‘माछी लेवैमा’ वोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ ।

यसघि जनवादी गीतहरु गाउदै आउनुभएका देवानले यो पहिलो पटक लोक आधुनिक गीत गाउनुभएको हो । शव्द, स्वर र संगीत समेत देवान कै रहेको यो गीत आज ओ एस आर डिजिटल स्डुडियो डिल्ली वजारवाट युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

विद्यार्थी जीवनकाल देखी नै जनवादी गीत गाउदै आउनुभएका उहाँले श्रोताको रुची र माग लाई समेत ध्यानमा राख्दै लोक आधुनिक गीत निकालेको वताउनुभयो । २०५२/५३ साल देखी नै आफुले जनवादी गीत गाएको वताउनुहुने गायक देवानले आफुहरुले गाएका जनवादी गीतले आंशिक व्यक्तिलाई सत्तामा पुर्याउन भर्यांङको काम मात्र गरेको भन्दै असन्तुष्टि व्यक्त गनर्’भयो ।

उहाँले जनवादी गीतहरुले देशका किसान,लाहुरे र विदेशीका मानिसहरुको भावना एवम् जीवन कथालाई समेत समेट्ने वताउदै यस्ता गीत अहिले पनि कुनै सञ्चार माध्यमले प्राथामिक्ताका साथ नवजाउने गरेको र सरकारले समेत यसका लागि कुनै पहल नगरेको प्रति गुनासो गर्नुभयो ।

माछी लेवैमा नामको एल्वममा रहेको जम्मा ५ वटा गीतहरु मध्येको एक यो गीतको निर्देशक अर्जुन क्षेत्री हुनुहुन्छ भने छायांकन र सम्पादन सनम लामाले गर्नुभएको छ । यस गीतका मोडलहरु चन्द्र तामाङ र तीर्थ लिम्वु रहनुभएको छ । देवानले यो गीत आफ्नो जीवन कथामा आधारित अत्यन्तै मार्मिक भएको वताउदै श्रोताले रुचाउने समेत अपेक्षा राख्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।