मिस तिज सारी क्विन-२०१९ को बिजेता बनिन् संगीता

ईटहरी । फोटो कन्टेस्टलाई खासै गहन रुपमा हेरिदैन तर यस्लाई पनि क्वालिटिमा गर्न सकिन्छ भन्ने उद्देश्य सहित हिन्दु नारिहरुको महान पर्वको रुपमा रहेको तिजलाई छेको पारेर “मिस तिज सारी क्विन २०१९ फोटो कन्टेस्ट” ईटहरीमा सम्पन्न भएको छ । सनिवार भएको बिजेता घोषणा तथा साङितिक कार्यक्रमबाट उक्त फोटो कन्टेस्टको बिजेता संगीता उप्रेती लम्साल हुन सफल भएकी छन् । यस्तै फर्स्ट रनरअप सिर्जना पोख्रेल र सेकेन्ड रनरअप सर्मिला दाहाल भएकी छन ।

बिजेता र उपबिजेताहरुले क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार प्राप्त गरेका छन भने कुमारी बैंकको तर्फबाट १०/१० हजार बराबरको सारी र ईलाईट सिनेमा ईटहरीको तर्फबाट फिल्म टिकट सहित अवार्ड प्राप्त गरेका छन् । परिकला मिडिया प्राली द्वारा संचालित डिथ्री अनलाइनले आयोजना गरेको उक्त फरक कन्सेप्टको फोटो कन्टेस्टमा अडिसनबाट छनौट हुँदै ८ जना प्रतिष्पर्धी प्रतिष्पर्धामा रहेका थिए ।

प्रतियोगिताबाट बेस्ट फोटोजेनिक अवार्ड भावना श्रेष्ठले प्राप्त गरिन भने अर्गनाईज च्वाईस अवार्ड रश्मि रानाले प्राप्त गरिन । सहभागी सम्पुर्णलाई अष्ट्रेलियन एजुकेसन कन्सल्टेन्सीले पढाईको लागि अष्ट्रेलिया जादा १ लाख सम्मको छुट संगै फुल स्कलरसिपको सुबिधा दिएको छ । आयोजकले फोटोसुट र बायोग्राफी भिडियो बनाएर फेसबुक पेज र युट्युबमा सार्बजनिक गरेको थियो । सोही पोस्टको लाईक शेयर र भिडियो भ्युजको आधारमा पहिलो, दोश्रो र तेश्रो छनौट गरिएको डिथ्रीका संचालक सुवास संकल्पले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।