यस्तो छ भद्रगोल टिमको पुरानै कलाकारहरुको साथमा नयाँ सिरियल ‘सक्किगोनि’ (हेर्नुहोस् प्रमो)
काठमाडौँ । भद्रगोलबाट बाहिरिएका जिग्री र पाँडेको टिमले नयाँ सिरियल “सक्किगोनि”निर्माण गर्ने भएका छन् । जिग्री र पाँडे लगायत बाहिरिएका २१ जनाको टिमले असोज २ गतेबाट नेपाल टेलिभिजनबाट प्रसारण गर्ने भएका छन् । यो टिमले नेपाल टेलिभिजनसँग प्रत्येक विहीवार ८.५० बजेको समय समेत किनिसकेका छन् ।
भद्रगोलको पूर्व निर्देशकद्धोय कुमार कटेल जिग्री र अर्जुन घिमिरे पाँडेको अनुसार आफनै लगानीमा जेपिटी क्रियसन मार्फत पुरानै कथावस्तु र कलाकारहरुको साथमा नयाँ सिरियल निर्माण गर्न लागेको बताए ।
तर यता पुरानै नाम दिएर नयाँ कलाकार राखेर बनाएको भद्रगोल पहिलो एपिसोड नै फ्लप भएको छ । किनभने अधिंकाश दर्शकहरुले पुरानै कलाकार र कथावस्तु चाहेकाले यो एपिसोडबाट खुसी हुन सकेनन् । युटुबमा पनि यस एपिसोडमा लाइक भन्दा पनि बढी डिसलाइक आएको छ ।
https://youtu.be/p_Ar9oHt3RE


