सुगम सङ्गीत यात्राको स्वर्ण शृङ्खलामा पशुपति र इतुलाई सम्मान गरिने

पोखरा । पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको स्वर्ण शृङ्खलामा गायक पशुपति गुप्ता र गायिका इतु जोजिजूलाई सुगम सङ्गीत सम्मान प्रदान गरिने भएको छ ।

वि. सं. २०४७ मा सुधा सागर…बोलको गीत रेकर्ड गरेर सुगम सङ्गीतमा लागेका पोखरेली गायक गुप्ताका हत्केलामा…, तिम्रै मायाको प्यासी…, परपर…., कहिले मिलन कहिले विछोड…लगायतका सुगम गीतहरु रेकर्ड भएका छन् ।

त्यसै गरी, वि. सं. २०५४ मा माया गर्छु भनेर… बोलको गीत रेकर्ड गरेर सुगम सङ्गीतमा लागेकी पोखरेली गायिका इतुको चरणामृत, चयन, चिनो र चहक गरी ४ ओटा एल्बम बजारमा आइसकेका छन् । त्यो कहिले घाम कहिले छाया होस्…., जहाँ भ्रमर छ…, बिर्सन सजिलो भएन…लगायत चर्चित गीतका गायिका इतुका हालसम्म १ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । इतु पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराकी अध्यक्षसमेत हुन् ।

पोखरामा क्रियाशील ३ ओटा साङ्गीतिक संस्था अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमीको संयुक्त सञ्चालनमा मासिक रुपमा सुगम सङ्गीत यात्रा हुँदै आएको छ । आगामी भदौ २८ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घमा हुने यात्राको स्वर्ण शृङ्खलामा रामभक्त जोजिजू, इतु जोजिजू, पशुपति गुप्ता, लक्ष्मी गिरी, ज्ञान थापा, रोम तामाङ, एम. डी. काफ्ले, जय चापागाईँ, देवीमाया गुरुङ, पिङ्गला भट्ट, सन्तोष बस्याल, सन्तोष पराजुली, सुनील बराल, रोहनजङ कार्की, उपेश थापा, प्रज्ज्वल भित्रीकोटी, योगेश गौतम, कमला अर्याललगायत पोखराका डेढ दर्जन नयाँ तथा पुराना कलाकारले प्रत्यक्ष वाद्यवादनसहित साङ्गीतिक प्रस्तुति दिने छन् ।

वि. सं. २०७२ साउन २ गते पोखराको तालबाराहीबाट सुरु भएको यात्रा पोखरावरिपरिका विभिन्न ठाउँलगायत तनहुँ, पर्वत, काठमाडौँ, दार्जिलिङलगायतका ठाउँमा सम्पन्न भइसकेका यात्राका अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।