किन लुकाएर गोप्य नै राखे ? बिहेको ६ महिनापछि ‘तक्मे बुढा’ ले सार्वजनिक गरे आफ्नी पत्नी

काठमाडौं, भदौ २७ । तक्मे बुढाको उपनामले लोकप्रिय अभिनेता विल्सन विक्रम राईले विवाह गरेको ६ महिनापछि मात्र आफ्नी श्रीमती सार्वजनिक गरेका छन्।

गत फागुनमै विवाह गरे पनि विल्सनले भदौको तेस्रो सातामा आएर आफ्नो विवाह भएको औपचारिक घोषणा गरेका खबर आजको साप्ताहिकले छापेको छ।

विल्सनले विवाह गरेको कुरा लुकाउनु पर्ने कारणसमेत स्पष्ट पारेका छन्। राईका अनुसार उनले आफ्नो विवाहको कुरा लुकाउन चाहेका थिएनन्, तर दुलही पक्षले विभिन्न कारणले विवाहको कुरा सार्वजनिक गर्न नचाहेपछि उनीहरुले विवाहलाई लुकाएजस्तै भएको हो।

झापाकी सरिना लामासँग विल्सनले परंपरागत विवाह गरेका हुन्। उनीहरु स्कुलदेखिका सहपाठी हुन्। झापामा सरिनाले भुटानी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघको एउटा प्रोजेक्टमा काम गरेकी छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖